स्याङ्जा, २७ चैत । गुरुङ समुदायको महान चाड ट्होटे पर्वको अवसरमा फेदीखोला गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।
गुरुङ समुदायले चैत २९ गते ट्होटे पर्व मनाउँदै छ । फेदीखोला गाउँपालिका क्षेत्रमा पनि व्यापक रुपमा सो समुदायको बसोबास रहेकाले गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
