Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङमा विद्यार्थीले खाजा कटौती गरेर विद्यार्थीलाई नै शैक्षिक सामग्री वितरण

धादिङमा विद्यार्थीले खाजा कटौती गरेर विद्यार्थीलाई नै शैक्षिक सामग्री वितरण

इच्छाकामना न्युज

२५, चैत्र २०७८
धादिङमा विद्यार्थीले खाजा कटौती गरेर विद्यार्थीलाई नै शैक्षिक सामग्री वितरण
images

काठमाडौँ, २५ चैत । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ७ चक्रेश्वरी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

images
images

विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुमध्ये विपन्न एवं जेहेनदार २० जना विद्यार्थीहरुलाई संस्थाले ब्याग, कापी, कलम, क्यालकुलेटर लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको संस्थाको संस्थापक कोषाध्यक्ष सुजन बस्नेतले जानकारी दिए ‌।

आफू विद्यार्थी रहँदा रहँदै आफूले देखेका भोगेका, सुनेका समस्याहरुलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई शिक्षा लिनका लागि केही सहयोग होस् भन्ने उद्देश्यले आफ्नो खाजाको रकम कटाएर सहयोग गरेको संस्थाको सस्थापक अध्यक्ष रन्जिता अधिकारीले जानकारी दिइन्।

उक्त कार्यक्रमको बिचमा बोल्दै अधिकारीले विभिन्न मानिसहरुबाट थरिथरिका विचारहरु आए पनि आफूहरुले सकारात्मक विचारलाई अनुसरण गरेर अभियानको सुरुवात गरेको बताउँदै  विद्यार्थीहरुलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारी, सहसचिव अरुणा ढकाल, सदस्य सिदार्थ शाह, नानु भट्ट, विद्यालयका सहप्रधानाध्यापक सीता अधिकारी, शिक्षकशिक्षिकाहरु, अभिभावकहरु तथा विद्यार्थीहरुको उपस्थिति रहेको प्रवल नेपालका संस्थापक कोषाध्यक्ष सुजन बस्नेतले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २१:४१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology