गोरखा, २४ चैत । बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागी गोरखाको गण्डकी गाउँपालिकाको वडा- २ बाट पदमलाल अर्यालले वडाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । अर्यालले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन्।
साबिकको ताङ्लिचोको वडाध्यक्षमा उम्मेदवारी दिन लागेका पदमलाल अर्याल स्थानीय जनताकाविच लोकप्रिय छन् । २०४८ सालमा कांग्रेसले क्रियाशील सदस्यता लिएका अर्याल २०७४ मा ताङ्लिचोकमा सचिव भएर काम गरेका थिए।
२०३४ सालदेखि शिक्षण पेशामा आबद्ध हुदैँ आएका अर्यालले यतिबेला आफुलाई वडाध्यक्षमा बलियो उमेद्वारको रुपमा अघि सारेका छन्। लोकप्रियता र क्रियाशिलताको आधारमा ताङ्लिचोकमा अर्याललेनै वडाध्यक्षको टिकट पाउनुपर्ने स्थानीय कांग्रेसहरु बताउँछन् ।