भुम्लिचोक, २५ चैत । आगामी वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनमा गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट ७ जनाले दाबी प्रस्तुत गरेको छ। उम्मेद्वार हुन चाहनेले पार्टीमा दरखास्त दिन गरिएको आह्वान अनुसार बुधबार ७ जनाले गाउँपालिकाको अध्यक्षमा दाबी प्रस्तुत गरेको हो।
दाबी प्रस्तुत गर्नेहरुमा पाका नेता देखि युवा नेताहरु समेत रहेका छन्। जसमा गण्डकी गाउँपालिकाका हालका अध्यक्ष एवं पार्टी सभापति होम बहादुर राना, पाका नेता भिम अर्याल, तुलाराम दाहाल, श्याम प्रसाद लामिछाने, धुर्व प्रसाद खनाल, दिनेश पन्त, जानुका पन्त लगायत रहेका छन्।