Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमालेको नयाँ चुनावी गीत 'एमाले जिन्दावाद’ युट्युबमा सार्वजनिक

नेकपा एमालेको नयाँ चुनावी गीत 'एमाले जिन्दावाद’ युट्युबमा सार्वजनिक

इच्छाकामना न्युज

२२, चैत्र २०७८
नेकपा एमालेको नयाँ चुनावी गीत 'एमाले जिन्दावाद’ युट्युबमा सार्वजनिक
images

काठमाडौँ, २२ चैत । नेकपा एमालेको नयाँ चुनावी गीत– “एमाले जिन्दावाद” युट्युवबाट सार्वजनिक भएको छ ।

images
images

नेकपा एमाले सम्बद्द नुवाकोट जिल्लाको युवा नेता माधव पण्डित, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नुवाकोटका कलाकारहरु र राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमाले नुवाकोटका नेताहरुको सयुक्त पहलमा उक्त गीत यही चैत्र १८ गते राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रिय महाधिवेशनमा पूर्व प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विमोचन गरेका थिए ।

हिजो उक्त गीतको गायक दिनेश श्रेष्ठको युट्युव च्यानल दिनेश श्रेष्ठ अफिसियलबाट सार्वजनिक भए यता उक्त गीतले देशब्यापी चर्चा बटुलेको छ ।

उक्त गीतको अडियो तथा भिडियोमा एमालेका स्वर्गिय जननेता मदन कुमार भण्डारीले तत्कालिन राजालाई श्रीपेज फुकालेर चुनाव लड्न आउन र नेपाली जनतालाई गणतन्त्र आवश्यक रहेको र जनताको बहुदलिय जनवद (जबज) को सबिस्तार गरिएको छ ।

२०५१ सालमा मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमत्री हुँदा पहिलो चोटि एकल महिला , अपाङ्गता र ब्रिध(ब्रिधालाई ब्रिध भत्ता ९सामाजिक शुरक्षा भत्ता० आवश्यक रहेको र जनताको बहुदलिय जनवद ९जबज० को सबिस्तार गरिएको र मनमोहन अधिकारीको देश बिकाशको नारास् “आफ्नो गाउँ आँफै बनाउ” ले राष्ट्र निर्माणमा पुर्याएको अतुलनिय भूमिका साथै एमाले अध्यक्ष केपी ओलीको पहिलो कार्यकालमा नाकाबन्दी बिरुद्दको राष्ट्रबाद , र केपी ओलीको दोश्रो कार्यकालमा भएको चिनिया राष्ट्रपती शी जिङ पिङ सँग केपी ओलीले गर्नुभएको पारबाहन सम्झौता ९रेलमार्ग, जलमार्ग शुरुङमार्ग को सचित्र बर्णन गरिएको छ ।

साथै लिपुलेक लिम्पियाधुरा र कालापानी मिचिदा को चुच्चे नक्सा प्रकाशित, निर्माणाधिन फास्ट ट्र्याक, नागढुङा(नौबिसे सुरुङमार्ग, टोखा(छहरे सुरुङमार्ग, धरहरा, जनकपुरको रेल, शैक्षिक कर्जा, युवा स्वरोजगार, फलामखानी, तामाखानीको उत्खनन, तुइन बिस्थापन, पोखरा, भैरहवा र काठमाण्डौ बिमानस्थलको आधुनिकीकरण, एकीक्रित बस्ती, रानी(पोखरी पुन(निर्माण, मध्य पहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र जनताको लगानी मा ठुला राष्ट्रिय स्तरको जलबिद्दुतको बिकासको थालनीमा केपी ओली र एमालेले पुर्याएको एतिहासिक उपलब्धीहरु को सबिस्तार गरिएको र गीत मार्फत अबको स्थानिय र केन्द्रिय चुनावमा एमालेलाई जिताएर अधुरा कामहरु पुरा गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।

उक्त गीतको निर्माण, निर्देशन र शब्दस् माधव पण्डित, संगितस् दिनेश श्रेष्ठ, स्वरस् दिनेश श्रेष्ठ, भगवान कार्की, सुमित्रा भट्टराई, बेनिशा पौडेल, अप्सरा बोगटी, श्रीजन पण्डित, अनु पराजुली, जयराम सापकोटा, रुस्मा सापकोटा र जयराम बुढाथोकीको र अभिनयस् अनु पराजुलीको रहेको छ ।

 

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १७:१९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology