Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

खाने तेलको मूल्य ३० प्रतिशतसम्म बढ्यो

खाने तेलको मूल्य ३० प्रतिशतसम्म बढ्यो

images

सिआईएन

१७, चैत्र २०७८
खाने तेलको मूल्य ३० प्रतिशतसम्म बढ्यो
images

सुसीला श्रेष्ठ, काठमाडौं, १७ चैत । नेपालमा तेलको माग वार्षिक साढे ३ लाख मेट्रिक टनको हाराहारीमा रहेको छ । तर देशभरमा सञ्चालित करिव ४० वटा तेल उद्योगले ५ देखि ८ लाख मेट्रिकटन खाने तेल उत्पादन गर्ने गर्छन् । यसो हेर्दा नेपाल तेलमा आत्मनिर्भर जस्तो देखिए पनि नेपालमै तेलका लागी आवश्यक कच्चा पदार्थ नहुँदा विदेशबाट आयात गरि खाने तेल उत्पादन भईरहेको छ ।

दाङको तुल्सीपुरमा रिजालबन्धु तेल उद्योगले तेल उतपादन गर्न थालेको ३५ वर्ष बढि भयो । वार्षिक ६ लाख लिटर खाने तेल उत्पादन गर्ने उद्योगले झण्डै साढे ६ लाख क्वीन्टल तोरी पेल्छ तर पछिल्लो समय नेपालमै उत्पादित तोरी पाईन छोडेको सञ्चालक चिरन्जीवि रिजाल बताउनु हुन्छ ।

कास्कीको पोखरामा ४० वर्ष देखि खाने तेल उत्पादन गर्दै आउनु भएका उद्योगी चन्द्र कृष्ण कर्मचार्य पनि वार्षिक ४ लाख किलो तेल पेल्नु हुन्छ । तर पछिल्लो समय सरकारले २ हजार माथिको तोरी खरिदमा मुल्य अभिवृद्धि कर लगाएपछि साना किसानसँग तोरी खरिद गर्नै नसकिएको उहाँ बताउनुहुन्छ ।  

चामल, दाल तेल उद्योग महासङ्घका अनुसार नेपालभर झण्डै ४० वटाखाने तेल उद्योग रहेका छन् । जसले वार्षिक रुपमा ५ देखि ८ लाख मेट्रिकटन तेल उत्पादन गर्छन् । जुन माग भन्दा दोब्बरले बढि हुन आउँछ । तर उत्पादित तेलका लागि कच्चा पदार्थ भनेआयात गर्नुपर्ने बाध्यता छ ।

सरकारले तेलहनबालीलाई प्राथमितामा नराखेका कारण यस्तो अबस्था आएको चामल, दाल तेल उद्योग महासङ्घका अध्यक्ष सुवोध गुप्ता बताउनुहुन्छ ।

नेपालमा करिब २ लाख ८१ हजार ४१ हेक्टर क्षेत्रफलमा तोरी, सूर्यमुखी, भटमास लगायतको खेति गरिएको छ र २ लाख ७८ हजार मेट्रिकटन तेलहनबाली उत्पादन भईरहेको छ । जसले खाने तेलको कुल खपतको ४० प्रतिशत पनि धान्दैन । सरकारको प्राथमिकतामा तेलहनबालीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेल बताउनुहुन्छ ।

गत वर्षमात्रै ७५ अर्ब बढिको खाने तेल आयात भएको थियो । यसवर्ष कच्चा पदार्थको मूल्य बढेका कारण खाने तेलको मूल्य ३० प्रतिशतसम्म बढेको छ । जसले उपभोक्ताको भान्सालाई महङ्गो बनाईरहेको छ भने, व्यापार घाटा पनि बढाईरहेको छ । 

images
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - ०९:२२:०३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology