Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

हामीले निर्माण गरेका संरचनाहरु प्रयोग गरेर स्थानीय सरकारले केहि गरेन भन्दै नागरिकलाई ढाट्ने काम नगरौ : अध्यक्ष गीता कुमारी गुरुङ

हामीले निर्माण गरेका संरचनाहरु प्रयोग गरेर स्थानीय सरकारले केहि गरेन भन्दै नागरिकलाई ढाट्ने काम नगरौ : अध्यक्ष गीता कुमारी गुरुङ

images

इच्छाकामना न्युज

१४, चैत्र २०७८
हामीले निर्माण गरेका संरचनाहरु प्रयोग गरेर स्थानीय सरकारले केहि गरेन भन्दै नागरिकलाई ढाट्ने काम नगरौ : अध्यक्ष गीता कुमारी गुरुङ
images

दारेचोक, १४ चैत । स्थानीय सरकारले निर्माण गरेका संरचनाहरु प्रयोग गरेर त्यहि ठाउँका नागरिकका अघि स्थानीय सरकारले केही गरेन भन्दै नागरिकलाई ढाट्ने काम नगर्न इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले आग्रह गरेका छन्। सोमबार इच्छाकामना गाउँपालिका ३ स्थित माझगाउँमा नेपाली काँग्रेसले आयोजना गरेको एक भेलालाई सम्बोन्धन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘हामी आएपछि स्थानीय सरकारले थुप्रै काम गरेका छौं, कसैले स्थानीय सरकारले केही गरेको छैन भन्दैमा हामीले गरेका कामहरु छोपिने हैन’ –उनले भने। चुनावी अभियानको क्रममा गाउँमा आएर विपक्षी पार्टीका कार्यकर्ताहरुले नागरिकहरु सामु आफुहरुको सामु भ्रम छर्ने काम भएको भन्दै उनले आपत्ती जनाए। 

277317750_369029668449040_1394501174449927915_n.jpg

यस्तै ५ वर्षमा नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकारले इच्छाकामनाको ९५ प्रतिशत गाउँहरुलाई सडक सञ्जालसँग जोडिएको, गाउँगाउँमा नागरिकलाई स्वास्थ्यको पहुचमा पुर्‍याएको लगायत, घरघरमा खानेपानीको धारा पुर्‍याएको लगायत थुप्रै कामहरु गरेको र अझै केहि योजनाहरु अपूरै रहेकोले त्यो पूरा गर्नको लागि आगामी ५ वर्षको लागि पुनः नेपाली काँग्रेसको उम्मेद्वारलाई भोट दिन आग्रह गरे।

276031683_281739937493130_1622973889677040718_n.jpg

यसैगरी उक्त भेलालाई सम्बोन्धन गर्दै नेपाली काँग्रेस इच्छाकामनाका सभापति एवं गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले विपक्षीले गाउँगाउँमा छरेका भ्रमहरुलाई चिर्दै नेपाली काँग्रेसले गरेका राम्रा कामहरुलाई प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए।

भेलामा माओवादी केन्द्र र एमाले छोडेका दर्जनौ व्यक्तिहरुलाई पनि पार्टी प्रवेश गराईएको थियो भने भेलामा गाउँपालिका प्रवक्ता सावित्री गुरुङ जिल्ला सदस्य एवं वडा नं. ३ का काँग्रेस अभियान प्रतिनिधि इन्द्रमाया लामा, काँग्रेस प्रदेश क समिति सचिव कुम बहादुर गुरुङ, काँग्रेस इच्छाकामना सचिव हिरा गुरुङ लगायतको उपस्थिति रहेको थियो। 

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - २१:०१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology