Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सेन्ट्रल कलेजको कार्यालयमा पसेर व्यानर च्यात्नेलाई कारवाही गरी क्षतिपूर्ती दिलाउन माग

सेन्ट्रल कलेजको कार्यालयमा पसेर व्यानर च्यात्नेलाई कारवाही गरी क्षतिपूर्ती दिलाउन माग

images

इच्छाकामना न्युज

१२, चैत्र २०७८
सेन्ट्रल कलेजको कार्यालयमा पसेर व्यानर च्यात्नेलाई कारवाही गरी क्षतिपूर्ती दिलाउन माग
images

चितवन, १२ चैत । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राली भरतपुरका प्रिन्सिपल यज्ञविलास पौडेलले कलेजभित्र पसेर व्यानर च्यात्नेलाई कारबाही गरी आफुलाई क्षतिपूर्ती दिलाउन माग गरेका छन् ।

भरतपुर महानगरपालिकामा विज्ञापन कर उठाउन भरतपुर–११ स्थित प्रनिश कन्स्ट्रक्सनले जिम्मा पाएको छ । कर उठाउने नाममा कलेजको अफिस भित्र तोडफोड गर्ने र व्यानर च्यात्नेलाई हदैसम्मको कारबाही गर्न उनले माग गरेका छन् ।

पीडकलाई कारबाही गर्न र क्षतिपूर्ती भराउन माग गर्दै उनले शुक्रबार भरतपुर महानगरपालिका र व्यवसायीहरुको संगठनहरुलाई पत्राचार पनि गरेका छन् । आफुले विगतमा पनि विज्ञापन कर तिरेको र अब पनि तिर्ने पक्षमा नै रहेको भन्दै उनले घटनाको विरोध गर्न शैक्षिक परामर्श संघ, उद्योग वाणिज्य संघ चितवनलगायत व्यवसायीलाई आग्रह गरे ।

उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र चेम्बर अफ कमर्स चितवनले शुक्रबार नै एक विज्ञप्ति जारी गरी आफ्नो व्यवसायको परिचय गराउने प्रयोजनले राखिएको जुनसुकै बोर्डको कर नतिर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

व्यवसायको परिचय गराउने जुनसुकै प्रकृतिको होर्डिङ बोर्ड, लाइट बोर्ड र डिजिटल डिस्प्ले बोर्डको कर तिर्न नपर्ने महानगरको राजस्व परामर्श समितिको बैठकले नै निर्णय गरेकाले कुनै पनि शुल्न नतिर्न संगठनहरुले भनेका छन् ।

images
प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - २२:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology