आँबुखैरेनी, १२ चैत । तनहुँको आँबुखैरेनीमा रहेको बौद्ध सदन आँबुखैरेनीको अध्यक्षमा कृष्णमान तामाङ चयन भएको छ। सदनको आज शनिबार आँबुखैरेनीमा सम्पन्न अधिवेशनले तामाङलाई अध्यक्षमा चयन गरेको हो।
सदनको उपध्यक्षमा पूर्णीमाया गुरुङ, सचिवमा शेर बहादुर गुरुङ, कोषाध्यक्षमा ढक बहादुर गुरुङ, सह–सचिवमा रमेश गुरुङ, सह–कोषाध्यक्षमा सुक बहादुर गुरुङका साथै सदस्यहरुमा रत्ना गौचन, शान्ता थकाली, भरि माया गुरुङ, कन्चन गुरुङ, कुमार काजी गुरुङ, पृथ गुरुङ र किसान गुरुङ चयन भएका छन्।
अधिवेशनमा सदका प्रमुख संरक्षक बम बहादुर गुरुङ, संरक्षक नेपाल सिँ गुरुङ, सल्लाहकार संयोजक राज कुमार श्रेष्ठ, वरिष्ठ सल्लाहकार वंशीराम प्रधान, ताओ एसोसिएसन नेपाल आँवुखैरेनी शाखा संयोजक ताओ गुरु यम बहादुर गुरुङ, सह–संयोजक यम नारायण श्रेष्ठ, सचिव परत थापा लगायतको उपस्थिति रहेको थियो।