गोरखा, १० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन देशमा अब राप्रपा पहिलो पार्टी बन्ने बताएका छन् । बिहिबार गोरखामा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जति पनि सत्तामा रहँदा कुनै पनि राम्रो काम गर्न नसकेका कारण जनताले पहिलो पार्टी राप्रपा रोज्न लागेका बताएका हुन् । ‘अव नागरिकहरुले गल्ती गर्दैनन्’ –उनले भने ।
अवको निकास प्रचण्ड, शेर बहादुर र केपी ओलीबाट नहुने भएकाले नेपाली जनताले एक मात्र इमान्दार पार्टी राप्रपा रोज्नु अनौठो नहुने बताए । साँढे दुहेर दुध नझर्ने बताउँदै अब आफ्नो मतको सदुपयोग गर्ने दिन आएको उनको भनाइ छ । ’ राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह राष्ट्रिय जनावर गाइ रहेको छ ।