Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

जनमुक्ति पार्टी तनहुँका जिल्ला सह–सचिव कमल थापा माओवादी केन्द्रमा प्रवेश

जनमुक्ति पार्टी तनहुँका जिल्ला सह–सचिव कमल थापा माओवादी केन्द्रमा प्रवेश

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
जनमुक्ति पार्टी तनहुँका जिल्ला सह–सचिव कमल थापा माओवादी केन्द्रमा प्रवेश
images

आँबुखैरेनी, ३० फागुन । राष्ट्रिय जनमुक्ति पार्टी तनहुँका जिल्ला सह–सचिव एवं नेपाल मगर संघ आँबुखैरेनीका अध्यक्ष कमल थापा माओवादी केन्द्र प्रवेश गरेका छन्। आज आँबुखैरेनीमा माओवादी केन्द्रले आयोजना गरेको एक कार्यक्रमबाट थापा पार्टी प्रवेश गरेका हुन्।

275516564_688862288823451_1992646846711209630_n.jpg

थापासँगै विभिन्न पार्टीबाट आधा दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका स्थानीय नेता राजु गुरुङले जानकारी दिए। उनका अनुसार आज पार्टी प्रवेश गर्नेहरुमा सन्तोष दर्लामी, याम बहादुर थापा, सुरज आले, श्याम आले, मन बहादुर थापा, बाबुराम परियार, सुरेन्द्र केडल, सुक बहादुर परियार ‘दिपक’ लगायत रहेका छन्। 

पार्टीमा नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार ईश्वर गौली, गण्डकी प्रदेश कमिटी सदस्य पारस गौली, शुक्र चुमान लगायतले टीका लगाएर स्वागत गरेका थिए।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - २२:३४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology