Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा माओवादी केन्द्र देवघाटको कार्यालय स्थापना

नेकपा माओवादी केन्द्र देवघाटको कार्यालय स्थापना

आशिक राना

३०, फाल्गुण २०७८
नेकपा माओवादी केन्द्र देवघाटको कार्यालय स्थापना
images

देवघाट, ३० फागुन । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ घिनटारमा नेकपा माओवादी केन्द्र देवघाटले कार्यालय स्थापना गरेको छ। आज एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि देवघाट गाउँपालिकाको स्वर्गीय प्रकाश सुवेदीको आमा सितादेवी सुवेदीले सो कार्यक्रमलाई ब्यानर पढेर उद्घाटन गरेको थियोे।

images
images

275484343_387657912775391_8875732550047138770_n.jpg

सो कार्यक्रममा नेकपा माओवादी केन्द्र देवघाटका अध्यक्ष भुवनसिङ्ग गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै  सवैलाई सहज र सम्पर्क गर्न सजिलोसँग केन्द्र पर्ने र पार्टीको गतिविधिहरु सबै  यहीँ स्थानबाट सुचारु हुने समेत बताए। साथै अध्यक्ष गुरुङले सो पार्टी कार्यालय अन्य शाखा कार्यालयहरु मजदुर, वाईसीएल, अनेम क्रान्तिकारी पनि रहने जानकारी दिए। साथै पार्टीको निर्देश र अभियान अनुसार जनताको हकहित र अधिकारको निम्ति सधैं पार्टीको तर्फबाट र आफ्नोतर्फबाट संघर्ष गरि रहने बताए।

कार्यक्रममा स्वर्गीय मेगनाथ लामिछानेका आमा टुल्किदेवी लामिछाने, सचिवलयल सचिव तथा देवघाट ५ नम्बर इन्चार्ज किरण सुवेदी, देवघाट वाइसीएल इन्चार्ज दुर्गलाल गुरुङ, अनेम संघ क्रान्तिकारि देवघाटका अध्यक्ष सुशील नेपाल, देवघाट ५ नम्बरका बिष्णु कमली, दिलमाया सापकोटा लगाएतको उपस्थिति रहेको थियो भने होम बहादुर भारती (सन्जिव)ले कार्यक्रम सञ्चालन गरेको थियो।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - २२:०१:५४ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology