Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित

विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित

इच्छाकामना न्युज

२७, फाल्गुण २०७८
विद्यार्थी मृत्यु प्रकरण : प्रहरीले उजुरी नलिएको भन्दै पीडित पक्ष आन्दोलित
images

लमजुङ,२७ फागुन । लमजुङको मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको घटनामा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको भन्दै पीडित परिवारले पुन: सडक अवरुद्ध गरेका छन् । बाइसजाँगरका स्थानीयले बन्द गराएपछि डुम्रे–बेंसीसहर सडक खण्ड बिहीबार साँझबाट अवरुद्ध भएको छ । प्रशासनमा बुधबार भएको वार्तामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिने र मुद्दा चलाउने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएर मृतकको शव बुझेको पीडित परिवारले बताएको छ ।

images
images

तर, उजुरी नै नलिएपछि पुनः आन्दोलन गर्नु परेको पीडित परिवारले बताएका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थीविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन पुगेका थिए ।

प्रहरीले उक्त घटनामा भवितव्य दुर्घटना मुद्दा आकर्षित हुने भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी लिन नमानेको हो । डीएसपी कृष्णबहादुर कार्कीले घटनाको अवस्था हेर्दा भवितव्य दुर्घटनाको मुद्दा आकर्षित हुने देखिए पनि पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएको र अनुसन्धान हुन्छ भन्दा पनि प्रहरीलाई अविश्वास गरेको बताए । उनका अनुसार स्कुलका संचालक बाबुराम पौडेल, वार्डेन सरोज ओलिया र एक विद्यार्थी प्रहरीको निगरानीमा छन् ।

पीडित परिवारका गणेश श्रेष्ठका अनुसार बुधबार लमजुङ प्रशासनमा भएको छलफलमा पीडितले उजुरी दिने र प्रहरीले मुद्दा चलाउने सहमति भएको थियो । फ्युचर स्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार नदीले बगाउँदा मृत्यु भएको थियो ।

होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल वार्डेनले पौडी खेल्न लगेको, पौडी खेल्नेक्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङदीमा पौडी खेल्न जान स्कुल संचालकले स्वीकृति दिएको भन्दै पीडितले परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका हुन् । स्थानीयले प्रदर्शन चर्काउने सूचाना पाएपछि अप्रिय घटना हुन नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ देखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

विद्यालयको लापरबाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै बाइसजाँगरका स्थानीयले मंगलबार विद्यालयको गेट, २ वटा स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास, हवाइफायर र लाठीचार्ज गरेका थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - ०८:३३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology