Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालबाट वार्षिक ३ खर्ब बढि रेमिट्यान्स भारत पठाइँदै 

नेपालबाट वार्षिक ३ खर्ब बढि रेमिट्यान्स भारत पठाइँदै 

images

सिआईएन

२६, फाल्गुण २०७८
नेपालबाट वार्षिक ३ खर्ब बढि रेमिट्यान्स भारत पठाइँदै 
images

काठमाण्डौ, २६ फागुन । रोजगारीका लागि भारतबाट नेपाल आएकाहरूले वार्षिक अर्बौ रुपैयाँ कमाउने गरेको तथ्याङ्कले देखाएको छ । अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पियू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार नेपालबाट ३ खर्ब भन्दा बढि रेमिट्यान्स भारत जाने गरेको छ ।

नेपालमा रहेका भारतीय कामदारको यकिन तथ्याङ्क सरकारसँग छैन । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा ६ लाख भारतीय नेपालमा रहेको उल्लेख छ । रोजगारीको खोजी गर्दै नेपालबाट दैनिक १५ सयभन्दा बढीले देश छोड्ने गरेका छन् भने वैदेशिक रोजगारीका लागि हालसम्म २२ लाख जना विदेशमा छन् । तर, नेपालमै अवसर देखेर रोजगारीका लागि भारतबाट आउनेहरूले वार्षिक अर्बौ लिएर जाने गरेका छन् ।

हावापानीका दृष्टिले नेपाल कृषि, व्यापारव्यवसायका लागि अनुकुल रहेको नेपालमै काम गर्ने भारतीयहरू बताउँछन् । तर परिवारका सदस्य विदेश पठाउनुपर्छ भन्ने लहलहैका कारण उर्वर भूमि बाँझै छाडेर भए देश छोड्नेको सङ्ख्या अझैँ घटेको छैन । 

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०९:१५:३० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology