Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्याङ्गजाको फेदीखोला गाउँपालिकामा आजदेखि खेलकुद सप्ताह सुरु

स्याङ्गजाको फेदीखोला गाउँपालिकामा आजदेखि खेलकुद सप्ताह सुरु

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
स्याङ्गजाको फेदीखोला गाउँपालिकामा आजदेखि खेलकुद सप्ताह सुरु
images

स्याङ्जा, २५ फागुन । फेदीखोला गाउँपालिकाले आयोजना गरेको खेलकुद सप्ताह आजदेखि सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सो खेलकुद सप्ताह सुरु भएको हो ।

जिल्ला समन्वय समिति स्याङ्जाकी प्रमुख सिता सुन्दासको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो ।

हिमशिखर क्लब फेदीखोलाको व्यवस्थापन सहयोगमा गाउँपालिकाले फागुन २४ देखि ३० गतेसम्म खेलकुद सप्ताहको आयोजना गरेको हो ।

phedikhola2.jpg

साताभर फुटबल, भलिवल, ब्याडमिन्टन, पुरुष–महिला खुल्ला (३००मिटर र १०००मिटर दौड, छेलो लगायतका प्रतियोगिता संचालन हुनेछन ।

बिहान ११ बजे गाउँपालिका घुम्तीदेखि बाजागाजा–र्याली–झाँकी लगायत बिभिन्न जातजातिले आफ्नो परम्परा अनुसारको सांस्कृतिक नृत्य सहित फेदीखोला रंगशाला (कार्यक्रम स्थल) सम्म पुगी कार्यक्रमको उद्घाटन सत्रको औपचारिक कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको उद्घाटन खेल महिला भलिवल प्रतियोगिताबाट सुरु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत, पालिका अन्तर्गत सम्पूर्ण वडाका वडा अध्यक्ष साथै निर्वाचित सम्पूर्ण प्रतिनिधि, पालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानअध्यापक साथै शिक्षक प्रतिनिधि, पालिकास्थित विभिन्न शाखाका शाखा प्रमुख, विभिन्न क्लबका खेलाडी साथै अन्य प्रतिनिधि, विभिन्न राजनैतिक पार्टीका पार्टी प्रतिनिधि, प्रहरी प्रशासन, आफ्नो पहिचान झल्काउने पहिरन सहित विभिन्न जातजातीको आ–आफ्नो समूह–संस्था–संगठनको प्रतिनिधि, फेदीखोला–२, सिद्धार्थ माविस्थित स्काउट समुह, स्थानीयबासी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

phedikhola-768x354.jpg

फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको फेदीखोला खेलकुद कार्यसम्पादन समितिका सदस्य राजन पराजुलीले संचालन गरेका थिए । हिमशिखर क्लबले ब्यवस्थापनमा सहयोग गरेको छ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २२:०८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology