Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुस्लिम महिलाहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड

मुस्लिम महिलाहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
मुस्लिम महिलाहरूको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्नेमा जोड
images

सुधा देव, सप्तरी, २५ फागुन । मुस्लिम महिलाहरू अझै हरेक दृष्टिकोणले पछाडि परेकोले उनीहरूको नेतृत्व तहमा प्रतिनिधित्व हुनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।

राष्ट्रव्यापी महिला अधिकार अभियान कार्यक्रममा अन्तर्गत राजविराजमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै साहित्यकार करूणा झाले मुस्लिम महिलाको हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने बताईन् ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष  अम्विका दाहालले मुस्लिम महिलाले स्वतन्त्रता महशुस गर्न नसकेकोले उनीहरूले  स्वतन्त्र भएर बाच्न पाउँनुपर्ने बताईन्।
कार्यक्रममा पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष सुधा देवले महिलाले पाएको कानुनी अधिकार प्राप्त गर्न शिक्षा र आत्मनिर्भर हुनपर्नेमा जोड दिइन् ।

उनले भनिन्, 'मुस्लिम समुदायमा अहिले पनि बालविवाह कायमै रहेकोले बालविवाह अन्त्य गरि गुणस्तरीय उच्च शिक्षा आर्जन गरेर आर्थिक सशक्तीकरण ल्याउन आवश्यक छ ।'

सोही कार्यक्रम पत्रकार माला कर्णले बुर्का पहिरणले गर्दा मान्छे चिन्नै समस्या भएकोले यसको बिकल्प खोज्नुपर्ने बताइन्।
कार्यक्रममा लोकतान्त्रिक महिला संघकी नेतृ पुनम यादवले मुस्लिम समुदायका महिलाहरू अहिले पनि तीन तलाकबाट पीडित भएको बताइन् ।
ईस्लामी संघ नेपाल मधेस प्रदेशका अध्यक्ष अब्दुल मन्नामको अध्यक्षता आयोजित कार्यक्रममा युसुफ अली, सवनम खातुन, लगायतले आआफ्ना मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:५७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology