Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार

मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
मोसो दलेर शिक्षकमाथि दुर्व्यवहार
images

खोटाङ, २५ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका हुन् । 

सुध्रनका लागि पटक-पटक दिइएको चेतावनीको बेवास्ता गरेको तथा गाउँपालिकाको शिक्षा शाखामा उजुरी गर्दा उल्टै बचाउ गरेकाले कारबाही गरिएको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारीका प्रदेशसभा सदस्य तावेल राईले बताए ।  

अनेरास्ववियु क्रान्तिकारीले शिक्षक राईलाई खोटेहाङ गाउँपालिकाको रोक्सिङभञ्ज्याङस्थित कोठाबाट बाहिर निकालेर सार्वजनिकस्थलमा दुर्व्यवहार गरेको हो । शिक्षकमाथि दुर्व्यवहार भएको विषयमा जानकारी आएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। विगत आठ वर्षदेखि प्रधानध्यापकको भूमिकामा रहेका शिक्षक राई केही महिनाअघि मात्र साे जिम्मेवारीबाट हटाइएका थिए । 

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:३५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology