Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भूमिकाविहिन अवस्थामै कार्यकाल सकिन लागेको दाङका महिला वडा सदस्यको गुनासो 

भूमिकाविहिन अवस्थामै कार्यकाल सकिन लागेको दाङका महिला वडा सदस्यको गुनासो 

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७८
भूमिकाविहिन अवस्थामै कार्यकाल सकिन लागेको दाङका महिला वडा सदस्यको गुनासो 
images

शुसिला ओली, दाङ, २५ फागुन । आफुहरूको कार्यकाल भूमिकाविहिनकै अवस्थामा सकिन लागेको दाङका वडा सदस्यहरूले गुनासो गरेका छन् । ५ वर्षअघि भएको स्थानीय तहको चुनावबाट गाउँपालिका वा नगरपालिकाको वडामा निर्वाचित भएर आएपनि सोचेअनुसारको भूमिका र जिम्मेवारी नपाइएको वडा सदस्यहरूको गुनासो छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का महिला सदस्यमाया रावतलेनिर्वाचित भएर आउँदा स्थानीय विकास निर्माण, नागरिकको हरेक सुखदखमा साथ दिन्छु भन्ने सोचेपनि सोचाइ अनुसारको काम नभएको बताउनुभयो । वडास्तरमा रहेका सदस्यहरूले आफूहरूलाई निर्णायक बैठक र छलफलमा पनि सहभागी गराउन माग गर्दै आएका छन् ।

वडा सदस्यको भूमिका र उनीहरूको गुनासोका बारेमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सबै वडा सदस्यलाई भूमिका र जिम्मेवारी दिन वडाहरूलाई भनिएको बताउनुभयो । हरेक वडामा कम्तिमा ४ जना सदस्य निर्वाचित भएको मान्दा पनि मुलुकभरमा हाल झन्डै २७ हजार वडा सदस्य छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - १०:४१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology