Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले गरे पदभार ग्रहण

चितवन खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले गरे पदभार ग्रहण

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
चितवन खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरुङले गरे पदभार ग्रहण
images

चितवन, २४ फागुन । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष उत्तम गुरुङले पदभार ग्रहण गर्नुभएको छ ।

वाग्मती प्रदेश खेलकुद विकास परिषद्को फागुन ११ गतेको निर्णयअनुसार चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका गुरुङले आज (मंगलबार) पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष गुरुङले चितवनको खेलकुद विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । पछिल्लो समय कोरोनाका कारण सुस्ताएको खेलकुदको गतिविधिलाई पुनः माथि उकास्न आफ्नो कार्यकालमा भूमिका खेल्ने उहाँको भनाइ छ ।

जिल्लामा रहेका स्थानीय तहहरुसँगको समन्वयमा खेलाडीहरुलाई प्रशिक्षण लगायत उनीहरुको वृत्ति विकासको काम गर्ने गुरुङको भनाइ थियो । आगामी दुई वर्षे कार्यकालका लागि गुरुङ अध्यक्षमा नियुक्त हुनुभएको हो । पदभार ग्रहणसँगै गुरुङलाई चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सहितका कर्मचारीहरुले स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

गुरुङ यसअघि पनि एक कार्यकाल चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भइसक्नुभएको छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:४५:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology