Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारी दिवस : सुत्केरीलाई प्रोत्साहन भत्ता

नारी दिवस : सुत्केरीलाई प्रोत्साहन भत्ता

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
नारी दिवस : सुत्केरीलाई प्रोत्साहन भत्ता
images

तनहुँ, २४ फागुन । जिल्लाको म्याग्दे गाउँपालिकाले गाउँपालिकामा रहेको सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो ।

images
images

मंगलबार गाउँपालिकाले जामुनेमा आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । उनीहरु दशैँयता गाउँपालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । दशैँ अगाडी सुत्केरी भएकालाई पोषण भत्ता दशैँको बेलामा वितरण गरिएको थियो । 

नारी दिवसको दिन सुरक्षित तरिकाले आमा बनेकोलाई सम्मान गर्दै सुत्केरी पोषण भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष मायादेवी रानाले बताईन् ।

‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ गत आर्थिक बर्षदेखी म्याग्देमा सुरु भएको हो । मातृ शिशु मृत्युदर कम गराउनलाई यो कार्यक्रम सुरु गरेको अध्यक्ष रानाको भनाई छ ।

‘गर्भावस्थामा स्वास्थ्य परिक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउदा महिलाहरुको ज्यान जाने खतरा हुन्छ । त्यसैले पोहोरबाट सुत्केरीसँग अध्यक्ष कार्यक्रम सुरु गरेका छौँ । कार्यक्रमबाट पोषण भत्ता वितरण गर्न थालेपछि गाउँपालिकाको स्वास्थ्य संस्थामा परिक्षण गराउन र सुत्केरी हुनलाई आउनेको संख्या बढेको छ’, उनले भनिन् ।

संस्थागत सुत्केरी बढवा गर्नलाई ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ प्रभावकारी भएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरे बताउँछन् । ‘घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गरेको छ’, उनले भने । घिमिरेका अनुसार गाउँपालिकाले दिने तीन हजार रुपैयाँ पोषण भत्ता लिनलाई गर्भवतीले कम्तिमा चार पटक स्वास्थ्य परिक्षण गराएको हुनपर्छ । उनका अनुसार म्याग्दे बाहिर गएर सरकारी स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पनि सुविधा दिईदैन् ।  

कार्यक्रम सुरु भएपछि १७९ जनालाई संस्थागत सुत्केरी सेवा दिएको उनले जानकारी दिए । संस्थागत सुत्केरी बढाउन भुमिका खेल्न महिला स्वयंमसेविकालाई समेत गाउँपालिकाले सम्मान गरेको छ ।

म्याग्दे गाउँपालिकाले नारी दिवसको दिनमा असल बुहारी सम्मान पनि गरेको छ । अशक्त सासु ससुराको स्याहार गर्ने तीन उत्कृष्ट बुहारीलाई  गाउँपालिकाले ‘असल बुहारी’ सम्मान गरेको हो । 

म्याग्दे–७ कि नन्दुमाया थापा र उमा सेन, म्याग्दे–४ कि चन्द्रकुमारी कुमाललाई असल बुहारी सम्मान गरिएको हो ।  यि तिनै जनाले अशक्त सासु ससुरालाई बर्षौदेखी स्याहारसुसार गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:३४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology