Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना कहरकै कारण यस वर्षको इच्छाकामना पञ्चमी मेला नहुने

कोरोना कहरकै कारण यस वर्षको इच्छाकामना पञ्चमी मेला नहुने

इच्छाकामना न्युज

१६, मंसिर २०७७
कोरोना कहरकै कारण यस वर्षको इच्छाकामना पञ्चमी मेला नहुने
images

इच्छाकामना, १६ मंसिर । चितवनको एतिहासिक धार्मिक स्थल इच्छाकामना मन्दिर प्रांगणमा लाग्ने पञ्चमी मेला यस बर्ष नहुने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो।
श्री इच्छाकमना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस बर्ष मेला नलाग्ने जानकारी दिनुभयो। भीडभाड हुदाँ कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उहाँको भनाइ छ। २० गते विहान भने भीडभाड नहुने गरि दर्शन तथा पुजाका लागि मन्दिर खुला गरिने जानकारी दिनुभयो ।
हरेक बर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस बर्ष मंसिर १९ र २० गते परेका थिए। रातभर मेला लाग्ने र विहान पुजाआजाका साथै बली चढाइने परम्परा रहेको छ। गत बर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्वजनिक विदा समेत दिन थालेका छन्। इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्दछ। मनकामना माईको सात दिदी बहिनी मध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ।

images
images

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:३८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology