Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

महिला श्रमिकको पीडा : दिनभर काम नगरे खान पाइँदैन

महिला श्रमिकको पीडा : दिनभर काम नगरे खान पाइँदैन

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
महिला श्रमिकको पीडा : दिनभर काम नगरे खान पाइँदैन
images

दाङ, २४ फागुन । दाङ तुलसीपुरकी सरिता नेपाली घर बनाउने स्थानमा मजदुरी गर्छिन् । यो काम गर्न लागेको उनको दशक वित्यो । कामको समयमा पुरुष सँगसँगै उनी श्रम गर्छिन् । तर उनले न पुरुष सरहर ज्याला पाएकी छन्, न त अधिकारको लागि बोल्न नै सक्छिन् । नत उनका लागि महिला दिवस श्रमिक दिवस नै आउँछ । 

images
images

बिहान उठने, खाना खाने बचेको खाना टिफिन डव्वामा राख्ने र कार्यस्थलमा जाने उनको दैनिकी हो । उनको दैनिकी यसरी नै बित्दै आएको छ । न चिसो न गर्मी सदावहार उनी काममा जान्छिन्। ‘सिमेन्टको काम गर्दा हात फुटेर खाना खान मिल्दैन्’ उनी भन्छिन् । सुरुमा एक सय ५० रुपैयाबाट काम गर्न शुरु गरेकी नेपाली दैनिक पाँच सय रुपैयाँमा ज्यालादारी काम गरिरहेको बताइन् । 

आज महिला दिवस मनाउँदै छन् भन्ने कुनै जानकारी नै छैन् उनी भन्छिन्, 'यो विषयमा केही थाहा पनि छैन् ।' नत महिला अधिकारको बारेमा उनलाई जानकारी छ ।  उनलाई दिनहुँ छोरा छोरीलाई के खान दिने, के लगाउन दिने भन्नेमा मात्रै चिन्ता छ । ‘दिनहुँ महँगी बढ्दै गएको छ’ कसरी घर खर्च चलाउने ?' उनले भनिन् ‘हाम्रो न काम र ज्यालामा सम्मान छ नत केही' उनले भनिन् ,'महिला दिवस जस्ता दिवस त ठूला मान्छेहरुको लागि मात्र रहे छ।’ साँझ बिहान काम गर्नेको लागि कुनै दिवस पर्व नआउने उनी बताउँछिन् ।

बबईकी शान्ति विकले पनि घर बनाउने काम गर्दै आएकी छन् । उनको गुनासो सँगै काम गर्दा पनि एक नासको ज्याला नपाएको छ । ‘पुरुषकहरु सहज काम गर्छन्, हामीलाई अफ्ठेरो काम लगाउँछन्’ उनले भनिन् ‘तर कामको मूल्य नै हुँदैन।’ उनले अन्तराष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रम पालिकामा राखिएको छ भने खबर पाएको भए पनि सो कार्यक्रममा आफू जान सक्ने अवस्था नरहेको उनले बताइन् । 'कार्यक्रममा गएभने साँझ खाना के भन्ने हुन्छ,' उनले भनिन्, 'कार्यक्रममा गएर भाषण सुन्नु भन्दा काम गरे खाना पाइन्छ ।'
एक दिन काममा नगए हात मुख जोड्न समस्या हुने उनको भनाइ छ । 

‘एक दिन काममा गएन् भने साझ बिहान हात मुख केले जोडने चिन्ता हुन्छ ’ उनले भनिन् ‘फेरि अर्को दिन अर्को मान्छे राखिसकेको हुन्छ ।’ मजदुर महिलाहरुको कामको कुनै मूल्यांकन नभएको उनको गुनासो छ । 

यी दुई मात्र हैन अधिकांस महिलाहरुलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको बारेमा जानकार छैनन् । 

‘गाँउका ठूलाबडा घरका महिलाहरु मात्रै भेला भएर कार्यक्रमहरु गर्छन्’ तुलसीपुर बस पार्कमा गिटी कुट्दै गरेकी सुनिता बुढाथोकीले भनिन् ‘हामीलाई खवर पनि हुँदैन्, फुर्सद पनि छैन् ।’ कहि कतै काम नपाएर बिहानदेखि बेलुका सम्म यस्तो काम गरेको बताउने उनलाई आफूहरुको समस्या र पीडा कसैले नसुनेकोमा दु:ख लाग्छ । 

संविधानमा समान श्रमको उल्लेख गरे पनि त्यसको कार्यान्वयन नभएको अधिकारकर्मीहरुको भनाइ छ । अझै पनि श्रमिक महिलाहरुले काम गर्ने स्थलमा महिला मैत्री वातावरण नभएको, भान्छामा अझै विभेद नै भएको, कामको मूल्यांकन नभएको हुँदा यस्ता दिवसहरु लक्षित वर्ग सम्म पुग्न सकेको पाइँदैन ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:२२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology