Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महाकाली नदीको धार परिवर्तन गर्न नेपाली क्षेत्रमा भारतीय जेसिबी, स्थानीयले गरे प्रतिकार

महाकाली नदीको धार परिवर्तन गर्न नेपाली क्षेत्रमा भारतीय जेसिबी, स्थानीयले गरे प्रतिकार

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
महाकाली नदीको धार परिवर्तन गर्न नेपाली क्षेत्रमा भारतीय जेसिबी, स्थानीयले गरे प्रतिकार
images

बिरा दत्त भट्ट, दार्चुला, २४  फागुन । भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपाल तर्फ फर्काउँदै भारतीय जेसीबी  नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका छन् । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडको महाकाली नदी किनारमा भारतीय जेसिबी महाकाली नदी उत्खनन् गर्दै नेपाली क्षेत्रमा पुगेपछि स्थानीयहरुले ढुंगामुडा गरि बिरोध गरेका छन् । 

दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा ५ किलोमिटर पक्की तटबन्ध बनाइएको छ । भारतले पनि यहाँको जस्तै आफ्नै भु–भागमा तटबन्ध निर्माणको काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टले बताए ।

भारतीय जेसिबी नेपाली क्षेत्रमा आएर महाकाली नदी नेपालतर्फ फर्काउने काम गरिरहेको भन्दै स्थानीयहरुले प्रतिकार गरेपछि एसपी विष्टको नेतृत्वमा सशस्त्र प्रहरी टोली उक्त क्षेत्र पुगेको थियो । 

‘जेसिबि नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले सांकेतीक रुपमा ढुंगामुडा पनि गरेछन् । तटबन्ध निर्माण भइरहेको भारतको क्षेत्रमा महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपाल तर्फ फर्काउन खोजिएको रहेछ’ उनले भने । यसबारे भारतीय एसएसबी कमाण्डेन्ट महेन्द्र प्रतावलाई जानकारी गराएको एसपी विष्टले बताए । एसएसबीले जानकारी पाएपछि उक्त स्थलमा पुगेको थियो । 


तटबन्ध निर्माणमा भारतीय प्रशासनले नेपालको प्रशासन संग समन्वय नगर्दा यस्तो समस्या आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययको भनाइ छ ।

महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको संरचना लगायतका विषयमा जानकारी गराउन भारतीय पक्षलाई अनुरोध गरिएको भएपनि हालसम्म जानकारी नगराएको उनले बताए । 'महाकाली सीमा नदी भएकाले नेपाली पक्षलाई त्यसबारे जानकारी गराइनु पर्थ्यो' प्रमुख जिल्ला अधिकारी उपाध्ययाले भने ।

आज उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुविच कुराकानी भएको छ । 'तटबन्धबारे नेपाली प्रशासनलाई जानकारी नगराउनु भारतीय पक्षको कमजोरी भएकाले यस्तो घटना भयो भनेका छौ । अब भारतका प्रशासनिक अधिकारीले कुरा गर्छन् होला,' उनले भने । 

विरोध भएको क्षेत्रमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत अधिकारीहरु पुगेका थिए । प्रशासनिक अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले स्थानीयहरुलाई प्रशासनिक तहबाट समस्याको समाधान गरिने आश्वासन दिएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:१०:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology