Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

खोटाङमा गाई गोरुको अवैध ओसार पसार

खोटाङमा गाई गोरुको अवैध ओसार पसार

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
खोटाङमा गाई गोरुको अवैध ओसार पसार
images

खोटाङ, २४ फागुन । खोटाङबाट अवैधरुपमा गाई गोरुको निर्यात भइरहेको पाइएको छ । जिल्लाबाट दैनिकजसो गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग हुँदै गाई गोरु तराईतर्फ बाहिरिरहेको छ ।

हाल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको प्रत्यक्षदर्शी बताउँछन् । सुनकोसीकै बंशिलाघाट र धाप्लाङघाटस्थित झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक निर्यात हुने गरेको छ । तर यस बारे प्रहरी र स्थानीय प्रशासन बेखबर देखिएका छन् ।

२२ फागुनमा मात्र गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत साउनेदेखि राजापानीको बीचमा खरिदारले चार हल  गाई गोरु निकासी गरिरहेको भेटिएको थियो । 

हरेक वर्षको पुस र माघमा हप्ताको शनिबार, आइतबार र सोमबार कम्तीमा पाँच देखि १० बथान गाई गोरु सुनकोसी तार्ने गरिएको लिच्कीराम्चे रसुवाघाटका स्थानीय बिकास राई बताउँछन् । फागुन लागेपछि केही कम मात्रामा गाई गोरु निर्यात हुने गरेको छ । गाई गोरुको बथानले सडकमा ट्राफिक जाम नै गर्नेगरेका छन् । खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा ओहोर–दोहोर गर्ने सवारी साधनले गाई गोरुलाई साइड दिने गरेका छन् । 

जिल्लामा बहरदेखि बुढो हुँदै गरेको गोरु र गाई समेत किनबेच हुने गरेको छ । घर घरमा पुग्ने खरिदकर्ताले गाई गोरु किनेर अन्यत्र लगेर नाफा लिएर निर्यात गर्ने गरेका छन् । गाउँघरमा किनेबेच हुने गाई गोरु मासुको प्रयोजनका लागि तराई हुँदै भारतमा निकासी हुने गरेको बताइन्छ । 

 जिल्लामा गोरु काट्नमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाउने गरेको छ तर खुलेआम गाईवस्तु विक्री गर्ने खरिदेले भने उन्मुक्ती पाइरहेको आदिवासी जनजाती सम्वद्ध अगुवा गुनासो गर्छन्। राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ। तर मुलुकी अपराध संहितामा गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ । 

मुलुकी अपराध संहिताको परिच्छेद २७ मा कसैले गाई वा गोरु मार्ने वा चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने सो गरेवापत कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैंद हुने भनिएको छ। 

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २३:०५:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology