Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्ती सोनारीका झग्गुप्रसाद ओली, कागती खेतीबाट राम्रो आम्दानी गर्दै 

राप्ती सोनारीका झग्गुप्रसाद ओली, कागती खेतीबाट राम्रो आम्दानी गर्दै 

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
राप्ती सोनारीका झग्गुप्रसाद ओली, कागती खेतीबाट राम्रो आम्दानी गर्दै 
images

निशु जोशी, नेपालगञ्ज, २४ फागुन । बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुमस्थित बाघखोर गाँउका झग्गुप्रसाद ओली कागती खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । जङ्गली जनावरले बालीनाली खाइदिन थालेपछि उहाँले जमीनमा कागती खेती सुरु गर्नुभएको थियो । राप्तीसोनारी गाँउपालीका कुसुमस्थित बाघखोर गाँउ नेपालगन्जबाट ७५ किलोमीटर पूर्वमा पर्छ ।

images
images

दाङको सीमा क्षेत्रसँग जोडिएको यो गाउँमा झग्गु प्रसाद ओलीले डेढ विगाह जमीनमा कागती लगाउनुभएको छ । बाँके राष्ट्रिय निकुन्जबाट आउने जङ्गली जनावरले अन्य स्थानीयवासीको अन्नबाली खाइदिन थालेपनि आफ्नो कागती खेतीमा कुनै नोक्सानी नभएको उहाँको भनाइ छ ।

११ वर्षअघि कागती रोपेर वैदेशिक रोजगारीका लागि जानुभएको थियो । विदेशबाट ३ वर्षपछि फर्केर आउँदा बारीभरि कागती फलीसकेका थिए । उहाँले रोप्नुभएको ‘सुन कागती’ जातको कागती हिजोआज नेपालगन्ज, दांग, पोखरा लगायतका शहरमा पुग्ने गरेको छ । विभिन्न रोगबाट बचाउन सके कागती खेती आम्दानीका लागि उपयुक्त हुने उहाँको भनाइ छ ।

एकपटक रोपेको यो कागतीले २५ वर्षसम्म फल दिन्छ । एकपटक रोपेको कागतीले वर्षौसम्म फल दिने, बजारमा माग उच्च रहेकाले पनि कागती खेतीमा उहाँ धेरै सम्भावना देख्नुहुन्छ । झग्गुप्रसाद मात्रै ननभएर राप्तीसोनारी वडा नं. १ मा अरु १० जनाले पनि कागती खेती गरीरहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०९:५४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology