Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

म्याग्दीको बेनी नगरपालिका ९ र १० का युवाहरू व्यावसायीक पशुपालनमा जुट्दै 

म्याग्दीको बेनी नगरपालिका ९ र १० का युवाहरू व्यावसायीक पशुपालनमा जुट्दै 

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
म्याग्दीको बेनी नगरपालिका ९ र १० का युवाहरू व्यावसायीक पशुपालनमा जुट्दै 
images

राकेश शर्मा, म्याग्दी, २४ फागुन ।  म्याग्दीको बेनी नगरपालिका ९ र १० का युवाहरू व्यावसायीक पशुपालन व्यवसायमा केन्द्रीत बनेका छन् । वैदेशिक रोजगारीमा गएर धेरै दुःख पाएर थोरै पैसा कमाउनुभन्दा घर गाउँमा नै व्यवसाय गरेर सन्तुष्टिले जीवन बाँच्नु ठिक भएको युवाहरू बताउँछन् ।

१५ लाखको लगानीमा पशु फर्म खोल्नुभएका बेनी नगरपालिकाका रमेश शर्माले परिवारसँगै बसेर काम गर्न पाउदा दुःख भएपनि सन्तुष्टि भएको बताउनुभयो । शर्माले गाउँमा नै उद्यमशिलता पशु तथा कृषि फर्म सञ्चालन गरेर मासिक एक लाख आम्दानी भइरहेको बताउनुभयो ।

पछिल्लो समय अधिकांश युवाहरूको रोजाइ वैदेशिक रोजगारी भइरहेको समयमा शर्मा जस्तै वडा नम्बर ९ मा मात्रै एक दर्जन युवाहरू व्यावसायीक कृषि तथा पशुपालनमा लागेका छन् । प्रशान्ती कृषि तथा पशुपन्छी फर्म सञ्चालन गर्दै आउनुभएका पूर्ण घर्तीले पशुपालन व्यवसायबाटै वार्षिक १० लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो ।

यसरी व्यावसायीक पशुपालनमा जोडिएका किसानले स्थानीय तहबाट अनुदान भने नपाएको गूनासो गर्ने गरेका छन् । गाउँमा नै व्यावसायीक रूपमा पशुपालन गरेकालाई अनुदान तथा प्राविधिक सहयोग दिएको खण्डमा अझै प्रोत्साहन मिल्ने उनीहरू बताउँछन् । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०९:५०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology