Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विद्युतीय सवारी साधनका लागि ५० स्थानमा चार्जिङ स्टेशन बन्दै 

विद्युतीय सवारी साधनका लागि ५० स्थानमा चार्जिङ स्टेशन बन्दै 

images

सिआईएन

२४, फाल्गुण २०७८
विद्युतीय सवारी साधनका लागि ५० स्थानमा चार्जिङ स्टेशन बन्दै 
images

उषा तामाङ, काठमाडौँ, २४ फागुन । विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने काम भइरहेको उर्जा मन्त्रालयले जनाएको छ । एसियाली विकास बैँकको सहयोगमा देशका विभिन्न ३३ स्थानमा ५० ओटा चार्जिङ स्टेशन बैशाख महिनाभित्रै सम्पन्न गर्नेगरि काम भइरहेको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

स्थानीय तह सँग समन्वय गर्दै बसपार्क रहेको क्षेत्र र प्रमुख राजमार्ग रहेको विभिन्न क्षेत्रका प्रमुख स्थानमा चार्जिङ स्टेशन स्थापना हुनेछ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन सरकारले अन्तःशुल्क तथा भन्सार महशुल घटाएपनि पर्याप्त चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारीसाधनको प्रयोग सोचे अनुसार बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा विद्युतीय सवारीसाधनको प्रयोगलाई देशव्यापी बनाउने उल्लेख थियो भने अर्को वर्षको बजेटमा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने भनिएको थियो । २०८८ सालसम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले विस्थापित गर्ने योजना सरकारको रहेको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकोे यातयात व्यवस्था शाखाका वरिष्ठ विभागीय इन्जिनियर शंकरसिंह धामीले इन्धनबाट चल्ने सवारी साधनलाई पनि विद्युतीय बनाउनेगरि व्यवस्था गर्न लागेको बताउनुभयो । सवारीसाधन विक्री गर्नेहरूको संस्था अटोमोबाइल्स एसोसिएसनका अनुसार बितेको साढे ४ वर्षमा नेपालमा १२ हजार विद्युतीय सवारी साधन आयात भएका छन् । ती सवारीसाधन  बिक्री गर्ने कम्पनीले नै चार्जिङ स्टेशन स्थापना गर्दै आएका छन् ।

अटोमोबाइल्स एसोसियसन नाडाका अध्यक्ष धुर्ब बहादुर थापाले विद्युतीय सवारी साधनको प्रयोग बढ्न थालेपनि सरकारले चार्जिङ स्टेशन स्थापनामा जोड नगर्दा सोचेजति बिक्री हुन नसकेको बताउनुभयो । नेपालमा ७५ प्रतिशत चाइना, २० प्रतिशत भारत र ५ प्रतिशत अन्य मुलुकबाट विद्युतीय सवारीसाधन आयात हुने गरेको छ । विद्युतीय सवारी साधन चलाउँदा इन्धन खर्च २५ प्रतिशत घट्ने भए पनि नागरिक यसप्रति उत्साहित छैनन् । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०९:४६:१९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology