Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा युरियाको झोल मल प्रयोग गर्न पाइने, दाना मल भन्दा सस्तो 

नेपालमा युरियाको झोल मल प्रयोग गर्न पाइने, दाना मल भन्दा सस्तो 

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
नेपालमा युरियाको झोल मल प्रयोग गर्न पाइने, दाना मल भन्दा सस्तो 
images

काठमाण्डौ, २४ फागुन । सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने झोल मल अब सरकारी तथा निजी कम्पनीले आयात गरेर बिक्री गर्न पाउने गरी अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

झोल मल प्रयोगका लागि अनुमति दिइएसँगै मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताउनुभयो । कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा दाना मल भन्दा झोल मलको प्रयोगले प्रतिहेक्टर ४.६७ मेट्रिकटन बढी उत्पादन पाइएको छ ।

बिरुवा बढेपछि सानो क्षेत्रमा पम्प वा स्प्रेबाट र ठूलो क्षेत्रमा ड्रोनबाटसमेत यस्तो मल छर्न सकिने मन्त्रालयले जनाएको छ । एक बोरा दाना युरिया बराबर हुने आधा लिटरको झोल मल एक बट्टालाई २५० भारतीय रुपैयाँ पर्ने भएकाले यो मल सस्तो र समयको हिसाबले किफायती पनि रहेको मन्त्रालयको भनाइ छ ।

भारतमा व्यापक प्रयोग भएको यस्तो मल आयात अनुमति माग्दै गत वर्ष नै दुई वटा कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका थिए । युरियाको झोल मल ल्याउने अनुमति पाएसँगै नेपालमा आयात अनुमति पाउने रासायनिक मलको सङ्ख्या ५३ पुगेको छ । अनुमति सम्बन्धी कानुन राजपत्रमा प्रकाशनका लागि पठाइएको मन्त्रालयले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०९:३९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology