Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा गुरुङ

८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा गुरुङ

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
८ मार्च : जागिर छाडेर पुष्प व्यवसायमा रमाएकी हुमा गुरुङ
images

लमजुङ,२४ फागुन । बेसीशहर नगरपालिका-२ बोहोराबेसीमा पुष्प व्यावसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म नर्सरीमा काम गर्न भ्याईनभ्याई छ । ‘नर्सरीको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै नर्सरीमा पानी हाल्यो, गोडमेल गर्‍याे, समय बितेको पत्तै हुँदैन,' उनी भन्छिन् । 

हुमा ८ वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेशाको रुपमा चिनाएकी छन् ।

गुरुङले बेसीशहर-२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । ५० लाख लगानीमा नर्सरी नर्सरीमा  फूलका विरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन् ‘ऋणधन गरेर लगानी गरेपनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरे भन्दा निकै राम्रो व्यापार भएको छ ।' नर्सरी व्यवसायमा हुमाले दुई जनालाई रोजगारीसमेत दिएकी छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको हुमाले बताइन् ।

जागिर छोडेर फूल खेती २०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुुमा गुरुङ ३९ वर्षकी भइन् । बेसीशहर नगरपालिका-२ गैरीस्थित सीप विकास प्रतिष्ठान-गैरीक्याम्पसको प्रवर्द्धन  शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् ।

अहिले गुरुङले पुष्प व्यावसायबाटै मासिक डेढ लाख कमाउने गरेकाे उनी बताउँछिन् । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आएकी छन् ।

तीनवटा ग्रिनहाउस नर्सरीमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, अशोका, क्रोटन, क्रिसमस ट्रि लगायतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ ।

हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोकाडो, सुन्तला मुन्तला छन् भने एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् । नर्सरीबाट बाहमासे २ सयभन्दा बढी प्रजातिका पूmलका विरुवा र विभिन्न प्रजातिका विरुवा बिक्री भएको छ । नर्सरीबाट धुपी, अशोका, क्रिसमस ट्रि, सप्लेरिया लगायतका आर्कषक विरुवा, फिटोनिया, असर्पी, केलनडुला, डेन्थ सिनेरिया, प्रिमुला, जारबेरा, कार्मेसन, सनफ्लावर, बटरफ्लाई जस्ता मौसमी पूmलका विरुवा र एजोलिया, कार्नेसन, मिमोलस जस्ता सदाबहार फूलका विरुवा नर्सरीबाट बिक्री हुने गरेको गुरुङले बताइन् ।

उत्पादित वस्तुले बजार पाउँदा हर्षित आफ्नो नर्सरीमा उत्पादन भएको फूलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बताउँछीन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्प व्यावसायमा अझ उत्साहित बनाएको छ,’ उनले भनिन् ।

घरको बार्दली तथा बगैंचामा फूल रोप्न जिल्ला बाहिरबाट विरुवा किन्न बाध्य भएका उपभोक्ता जिल्लामै पुष्प नर्सरी स्थापना भएपछि खुसी भएका छन् । नर्सरीमा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको पुष्प हुमाले बताइन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ०८:४८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology