Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सुर्खेतका कुनै पनि स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा ६० अंक ल्याउन सकेनन्

सुर्खेतका कुनै पनि स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा ६० अंक ल्याउन सकेनन्

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
सुर्खेतका कुनै पनि स्थानीय तहले कार्यसम्पादन मूल्यांकनमा ६० अंक ल्याउन सकेनन्
images

सुर्खेत, २३ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सुर्खेतका कुनै पनि स्थानीय तहले ६० अंक ल्याउन सकेनन् । जिल्लाका नौ स्थानीय तहमध्ये सबैभन्दा बढी अंक चिङ्गाड गाउँपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम अंक भेरीगंगा नगरपालिकाले प्राप्त गरेको छ ।

चिङ्गाड गाउँपालिकाकाको ६०.०८ अंक रहेको छ भने भेरीगंगा नगरपालिकाको ४२.४५ अंक रहेको छ । आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्यांकबाट प्राप्त अङ्क र तथ्यांकअनुसार सिम्ता गाउँपालिकाले ५८.३१, बराहताल गाउँपालिकाले ४७.९१ र चौकुने गाउँपालिकाले ५१.९० अंक प्राप्त गरेका छन् ।

यस्तै, वीरेन्द्रनगर नगरपालिकाले ९८.९४, गुर्भाकोट नगरपालिकाले ४८.०३, पञ्चपुरी नगरपालिकाले ५९.१० र लेकबेसी नगरपालिकाले ४८.३३ अंक प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम यही मूल्यांकनका आधारमा सिफारिस गर्दै आएको वित्त आयोगले जनाएको छ ।

वित्त आयोगले तयार पारेको उल्लेखित अंक र तथ्यांकमा परिमार्जन हुनुपर्ने ठोस प्रमाण भएमा यो प्रकाशन भएको मितिले ७ दिन पुनरावलोकन लागि वित्त आयोगमा प्रमाण पेस गर्न सकिने आयोगका प्रवक्ता कृष्णबहादुर बोहोराले बताए । 

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - १९:४३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology