Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

इच्छाकामना न्युज

२३, फाल्गुण २०७८
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं, २३ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज साेमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

images

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हाे ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । 

माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।

ढकालका अनुसार बैठकको कार्यसूची  कार्ययोजना  निर्माण  र संगठन हुनेछ । गत पुसमा सम्पन्न  माओवादीको आठौँ  महाधिवेशनले २४७  केन्द्रीय  सदस्य  चयन गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - ०८:४६:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology