Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बाँतर समुदायको पहिलो डाक्टर अर्जुन

बाँतर समुदायको पहिलो डाक्टर अर्जुन

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
बाँतर समुदायको पहिलो डाक्टर अर्जुन
images

सुधा देव, सप्तरी, २२ फागुन । सप्तरीका सरदार(बाँतर)समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन् । 

कञ्चनरुप नगरपालिका–८का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेको हो । उनी डा  भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ ।

अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र वाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए ।

डाक्टर सरदार हुने बिरूवाको चिल्लो पात भने झै सानै देखि मेहनति थिए । बिपन्न परिवारमा जन्मेका डा सरदारको परिवारको अवस्था एकदमै दयनीय थियोे । उनले आमाको मेहनतकोले आफू डा. बन्न सफल बन्न सकेको बताए।

नेपालको वाँतर समुदायमा पहिलो डा.बन्न सफल भएकोले गाउँ नै खुशी छ । 'हाम्रो समुदायमा म मात्रै डाक्टर भएर पुग्दैन। म जस्तै यस समुदायका भाइ बहिनीहरू पनि डाक्टर बन्नुपर्छ' सरदारले भने ।

वाँतर समुदायमा पहिलो एमबीबीएस  डाक्टर बन्न सफल भएकोले गाउँ घरमै बिरामीहरुलाई सेवा गर्नु पर्ने छिमेकीहरूको भनाइ रहेको छ। स्थानीय सुनिता कुमारी सरदारले  भनिन्,´वाँतर समुदाय समुदायमा अर्जुन जस्तै अरु वाँतर समुदाय अगाडी बढ्न जरुरी छ ।'


 दलित समुदायले आफना छोरा छोरीहरुलाई ५ देखि १० कक्षा सम्म पढाएर बिवाह गर्ने प्रबृत्तिको अन्त्य गरेर उच्च शिक्षामा जोड दिनुपर्ने स्थानीय राजकुमार पासवानले बताए  ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १८:१४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology