Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

खानेपानीले हाहाकार बनेको गाउँ हरियाली

खानेपानीले हाहाकार बनेको गाउँ हरियाली

images

न्युज कारखाना

२२, फाल्गुण २०७८
खानेपानीले हाहाकार बनेको गाउँ हरियाली
images

प्रकाश पाक्साँवा, तेह्रथुम,  २२ फागुन । खानेपानी अभावकै कारण बर्सेनि दर्जनौँ परिवार बसाइ सर्नु पर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकाेकाे समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएकाे छ । स्थानीय सरकारले  खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँकाे दैनिक फेरिएकाे हाे । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनु पर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रीनाथ क्षेत्रीले बताए ।

उनी भन्छन्, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीहरुमा पुग्नु पर्थ्याे । तर,अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाई गर्दै आएका छौ ।’

khanepani.jpg.jpg
  
वस्ती वस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयहरूको घरको करेसाबारीहरू हरियाली देखिन थालेकाे छ ।  आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठको बताइन् ।

‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपयालाई त कुरै थिएन । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ श्रेष्ठले भनिन् । 

गाउँपालिकाको तमोर तटीय क्षेत्रहरू वर्षाैंदेखी खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए ।  नागरिहरूको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

खानेपानी आयोजना सञ्चालनसँगै ८०० परिवार लाभान्वित बनेको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।  

 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १५:२३:५६ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology