Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

तनहुँको दमौलीमा भिषण आगलागी : मादी नदीबाट हेलिकप्टरले पानी ओसारेर आगो निभाउदै

तनहुँको दमौलीमा भिषण आगलागी : मादी नदीबाट हेलिकप्टरले पानी ओसारेर आगो निभाउदै

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
तनहुँको दमौलीमा भिषण आगलागी : मादी नदीबाट हेलिकप्टरले पानी ओसारेर आगो निभाउदै
images

तनहुँ, २२ फागुन । दमौली बजारमा लागेको आगो काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकप्टरले पानि हालेर निभाई रहेको छ । बजार नजिकको मादी नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत आगो निभाउन थालिएको हो ।

तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको थियो । त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।

उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । उनीहरुसँगै अग्नि नियन्त्रक टोली पनि रहेको सिम्रिक एयरका योगेश सापकोटाले जानकारी दिए ।

गृह मन्त्रालयले पत्र लेखेर सिम्रिक एयरको सहयोग मागेको थियो । त्यसपछि काठमाडौंबाट हेलिकप्टर दमौली आएको थियो ।

आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको प्रहरीले जनाएको छ । दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर दुवैबाट आगो निभाउने प्रयास जारी छ ।

दमौलीको भुपाल हार्डवेयरमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हार्डवेयर पसलसँगै आसपासका चारवटा घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । उद्घोष न्युजबाट

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १५:१४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology