Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पोखराको लेकसाईडमा कोठा भाडामा लिई जबर्जस्ती यौन कार्यमा लगाउने तीन जना पक्राउ

पोखराको लेकसाईडमा कोठा भाडामा लिई जबर्जस्ती यौन कार्यमा लगाउने तीन जना पक्राउ

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
पोखराको लेकसाईडमा कोठा भाडामा लिई जबर्जस्ती यौन कार्यमा लगाउने तीन जना पक्राउ
images

पोखरा, २२ फागुन जिल्ला । प्रहरी कार्यालय कास्कीले महिलाहरुलाई जर्वजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पोखरास्थित लेकसाइडमा कोठा भाडामा लिई वा विभिन्न होटलहरुमा यौन कार्य गराएको आरोपमा एक युवतीसहित तीन जना पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक चौतारा–६ कि २२ वर्षीया पुजा थापामगर, पोखरा महानगरपालिका–७ मुस्ताङ चोकका ३० वर्षीय नारायण पोखरेल, बाँके चिसापानी–९ का २२ वर्षीय विशाल योगी रहेका छन् ।

कोठा भाडामा लिई तथा फोन सम्पर्कको आधारमा विभिन्न होटेलहरूमा महिलाहरूलाई जबरजस्ती यौन कार्यमा संलग्न गराई रहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत कास्कीबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - ०९:५४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology