Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

व्यावहारिक शिक्षामा रमाउँदै चितवन माडीका विद्यार्थी

व्यावहारिक शिक्षामा रमाउँदै चितवन माडीका विद्यार्थी

images

सिआईएन

२२, फाल्गुण २०७८
व्यावहारिक शिक्षामा रमाउँदै चितवन माडीका विद्यार्थी
images

माया कँडेल, नवलपुर, २२ फागुन । शिक्षा विज्ञहरू भन्छन्, हाम्रा विद्यालयहरू सैद्धान्तिक सिकाईको थलो मात्रै बनेका छन् । तर, केही यस्ता नमुना विद्यालय पनि छन्, जसले विद्यार्थीलाई व्यवहारिक सिकाईमा पनि जोडेका छन् । चितवन माडीकोे जनकल्याण माध्यामिक विद्यालयका विद्यार्थी विद्यालय परिसरमै खेति गर्छन् र व्यवहारिक ज्ञानसँगसँगै आम्दानी पनि गर्छन् ।

जनकल्याण माध्यामिक विद्यालयमा पुग्दा विद्यार्थीहरू हाँस चराइरहेका थिए । उनिहरू खेति लगाउन सक्छन् र गोडमेल पनि गर्न सक्छन् । विद्यालय पोशाकमा ठाँटिएका उनिहरूलाई देख्दा विद्यालयले काम लगाएको जस्तो देखिए पनि वास्तवमा पढिरहेका छन् । यहाँ विद्यार्थीहरू तीन दिन कक्षा कोठामा पढ्छन्, बाँकी तीन दिन विद्यालय आसपासको खेतबारीमा ।

सुचन सापकोटा कक्षा १० मा पढ्नुुहुन्छ । विद्यालयमा व्यवहारिक ज्ञान सिक्दै पढ्न पाएकोमा उहाँ दङ्ग हुनुहुन्छ । उहाँले कृषि ईन्जिनियर बन्ने लक्ष्य राख्नुभएको छ । कक्षा १० मा अध्ययन गर्ने मनिसा सुनार, शिक्षक र साथीहरूसँग खेतबारीमा काम गर्नुहुन्छ । यसरी अध्ययनकै विषयमा काम गर्दा ज्ञान बढ्ने र स्वास्थ्यलाई पनि फाईदा पुग्ने उहाँको अनुभव छ ।

टेकबहादुर विक पनि कल्टीभेटर चलाउन अनि मौसम अनुसार तरकारी र अन्नवाली लगाउन सिपालु हुनुहुन्छ । विद्यालयमै पढाईसँगै सीप पनि सिकेपछि भविश्यमा बेरोगार बन्नु पर्दैन भन्ने उहाँलाई विश्वास छ । सैद्धान्तिक सिकाईले मात्रै विद्यार्थीलाई पूर्ण ज्ञान नहुने भएकाले विद्यालय व्यवस्थापनले व्यवहारिक सिकाईमा जोड दिएको हो ।

विद्यार्थीले श्रमलाई सम्मान गर्न सिकुन् र रोजगारमुलक तथा सीपमुलक शिक्षालाई प्रोत्साहन गर्न कृषिको व्यवहारिक ज्ञानलाई जोड दिएको, प्रधानाध्यापक रामबहादुर जिशीको भनाइ छ । विद्यालयमा नै व्यवहारिक र सीपमुलक शिक्षा पाउँदा विद्यार्थी, अभिभावक खुशी छन् । यसरी अध्ययनलाई सीपसँग जोड्न सके स्वरोजगारको वातावरण सिर्जना हुने र आत्मनिर्भर बनाउन सघाउने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - ०९:४६:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology