Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङको राइनास तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना

लमजुङको राइनास तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
लमजुङको राइनास तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना
images

लमजुङ, २२ फागुन । लमजुङको राइनास नगरपालिका-५ तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना भएको छ । दूग्ध विकास सस्थान (डिडिसि)ले जनक विकास सहकारी सस्थाको सहकार्यमा दूग्ध चिस्यान केन्द्र स्थापना गरेको हो । पालिकामा भएको दूध संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने उद्देश्यले नगरपालिकामा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

राइनास नगरपालिकामा पुशपालन र दूध उत्पादनको राम्रो सम्भावना भएको हुँदा त्यहाँ उत्पादित दूधको सदूपयोग र बाहिर निर्यातका लागि सहकारीको सहकार्यमा  चिस्यान केन्द्र स्थापना गरिएको दूग्ध विकास सस्थानले जनाएको छ । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै नगरपालिमा उत्पादन भएको दूध संकलन र प्रशोधन गरी स्थानीय कृषकको आयआर्जनमा टेवापुग्ने विश्वास लिइएको छ । केन्द्रका लागि आवश्यक चिलिङ भ्याट तथा सम्पूर्ण समाग्रिको संस्थानले व्यवस्थापन गरेसँगै दूध संकलन समेत सुरु गरीएको छ ।

संकलित दूधको बजारीकरण तथा निर्यातको जिम्मा डिडिसीले लिएको छ । चिस्यान केन्द्रसम्म दूध ढुवानी तथा संकलनका लागि आवश्यक साधनको व्यवस्था गर्ने तयारीमा रहेको जनविकास सहकारीका अध्यक्ष पुष्प राज खनालले बताए ।  

राइनास नगरपालिका र आसपासका क्षेत्रबाट दैनिक करिब ५ हजार लिटर दूध संकलन गर्ने उद्देश्यका साथ चिस्यान केन्द्र स्थापना गरिएकाे हाे ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - ०९:३४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology