Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एमाले चितवनले घर घरमा एमाले, टोलटोलमा एमाले अभियान संचालन गर्ने

नेकपा एमाले चितवनले घर घरमा एमाले, टोलटोलमा एमाले अभियान संचालन गर्ने

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
नेकपा एमाले चितवनले घर घरमा एमाले, टोलटोलमा एमाले अभियान संचालन गर्ने
images

चितवन, २१ फागुन । नेकपा एमाले चितवनले शनिबार पार्टी अगुवा कार्यकर्ताबीच अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी सो कार्यक्रम गरिएको हो ।

images
images

एमालेले निर्वाचन आफ्नो पक्षमा पार्न ‘घर घरमा एमाले, टोलटोलमा एमाले’ नारा तय गरी अनुशिक्षण कार्यक्रमसँगै जिल्लाका सात पालिकाका ९८ वटा वडाका घरघरमा पुग्ने योजना बनाएको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । शनिबारबाटै सुरू भएको एमालेको बृहत् घरदैलो कार्यक्रमको दोस्रो चरण चैत १ गतेबाट सुरू हुनेछ ।

अनुशिक्षण कार्यक्रममा निर्वाचन आफ्नो पक्षमा पार्न अपनाउनुपर्ने रणनीतिक सवालका बारेमा कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा बादल, विशिष्ट अतिथि पार्टी स्थायी कमिटीका सदस्य काशीनाथ अधिकारी, पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया, पार्वती रावल, प्रभा बराल, प्रतिनिधिसभा सांसद् कृष्णभक्त पोखरेलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु, जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरु तथा जिल्ला, नगर तथा वडा तहका निर्वाचित जनप्रतिनिहरु सहभागी रहेको कार्यक्रमको सभापतित्व पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेले गरेका थिए ।

जिल्ला सचिव प्रकाश खनाल शैलेसको संचालन र उपाध्यक्ष कमलराज पाठकले सभागीहरुलाई स्वागत गरेका थिए ।

 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २१:५८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology