Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

पुख्र्यौली सिपलाई व्यवसायिकरण गर्ने प्रयास, तर छैन अनुदान

पुख्र्यौली सिपलाई व्यवसायिकरण गर्ने प्रयास, तर छैन अनुदान

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७८
पुख्र्यौली सिपलाई व्यवसायिकरण गर्ने प्रयास, तर छैन अनुदान
images

दिपेश विश्वकर्मा, पर्वत, २१ फागुन । आगोको रापसँगै फलाम पिटेर विभिन्न औजारहरु निर्माण गर्ने आरन व्यवसायीको पेशा हिजोआज संकटमा पर्न थालेको छ । पुस्तौंदेखि अँगालेको आरन पेशालाई आधुनिकीकरण गर्न नसक्दा युवा पुस्ताले पनि चासो दिएका छैनन् । तर पर्वतको कुश्मा नगरपालिका १ पाङका तिन विश्वकर्मा दाजुभाईले भने हराउँदै गएको यस पेशालाई व्यवसायिक रुपमा अगाढी बढाउँने प्रयत्न गरिहेका छन् ।

तिन दाजुभाई प्रेम विश्वकर्मा, रवि विश्वकर्मा र समिर विश्वकर्माले कुश्मा नगरपालिका ४ दुर्लुङ चोकमा सानो छाप्रोमा आरन निर्माण गरी विहान देखी साँझ सम्म आफ्नो भविष्य यही पेशामा देखेर सकेको काम गर्ने गरेका छन् । करिब ७ / ८ बर्ष विदेशी जीवन विताएका विश्वकर्मा दाजभाईले विदेशबाट फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भनेर आरन व्यवसाय शुरु गरेको बताउँछन् ।

आफ्ना बाउँबाजेले गर्दै आएको पेशा पाच बर्ष अघिदेखि व्यावसायीक रुपमा आफुहरूले गर्दै आएता पनि  अहिले समय अनुसार व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा व्यवसायबाट राम्रो आम्दानी भने गर्न नसकेको उहाँको भनाई छ ।

पछिल्लो समय आरन व्यवसायलाई आधुनिकीकरण गर्न सरकारी निकायबाट अनुदानका कार्यक्रमहरू सञ्चालन भएता पनि अहिले सम्म आफुहरुले भने कुनै निकाएबाट अनुदानका कार्यक्रमहरु नपाएको दुखेसो गर्दै सरकारले आफुहरुले काम गर्ने आधुनिक औजारहरु सहयोग गरे काम गर्न सजिलो हुने उनीहरूले बताएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - २०:५९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology