चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको जिल्ला सभापतिमा ५ जना प्रतिस्पर्धीले पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणका लागि पुनः मतदान हुने भएको छ। जस अन्तर्गत पहिलो चरणमा सर्वाधिक मत ल्याउने २ प्रतिस्पर्धी मिलनबाबु श्रेष्ठ र राजेश्वर खनाल बिच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको हो।
दोस्रो चरणमा प्रतिस्पर्धी रहने दुई उम्मेद्वार मध्य राजेश्वर खनाललाई पहिलो चरणको प्रतिस्पर्धा चौथो स्थानको मत पाएका प्रतिस्पर्धी डा. सुर्यकान्त घिमिरेले समर्थन गर्ने भएको छ। उनले केहि बेर अघि एक विज्ञप्ती जारी गर्दै खनाललाई समर्थन गरेको जानकारी दिएको छ। घिमिरेले पहिलो चरणको निर्वाचनमा ४ सय २६ मत पाएका थिए।
