Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

बाढीका कारण घरबारबिहीन भएका सिन्धुपाल्चोकका नागरिकद्वारा घर निर्माणका लागि थप रकम माग

बाढीका कारण घरबारबिहीन भएका सिन्धुपाल्चोकका नागरिकद्वारा घर निर्माणका लागि थप रकम माग

images

सिआईएन

२१, फाल्गुण २०७८
बाढीका कारण घरबारबिहीन भएका सिन्धुपाल्चोकका नागरिकद्वारा घर निर्माणका लागि थप रकम माग
images

दिपिन ढुङ्गाना, सिन्धुपाल्चोक, २१ फागुन । गत असार १ गते र त्यसपछि आएका बाढीका कारण घरबारबिहीन भएका सिन्धुपाल्चोकका नागरिकले सरोकार वालाहरुलाई घच्घच्याउन थालेका छन् । बाढीपछि अस्थायी रुपमा बसेका प्रभावितहरुले स्थायी अवासका लागि पर्याप्त रकम उपलब्ध गराउन माग गर्दै आएका छन् ।

मेलम्ची बाढी प्रभावितले सुरक्षित स्थानमा स्थायी बसोबास र आयआर्जन हुने कार्यक्रमको  माग गरेका छन् । सरकारले दिने रकम पाँच लाखमा घर बनाउन नसकिने भन्दै हेलुम्बुका नागरिकले रकम थप्नु पर्ने बताएका छन् । हेलम्बु ६ का दुर्गा प्रसाद गजुरेललाई बाढीले सुकुम्बासी जस्तै बनायो । अहिले उहाँको न बस्ने ठाउँ छ न खेति लगाउने जमिन । बाढीपछि जग्गा अभावकै कारण अस्थायी टहरा समेत बनाउनु नपाएका गजुरेल अहिले पाटिमा बस्नुहुन्छ । प्रदेश र केन्द्र सरकारले चासो कम दिएका कारण स्थायी बसोबासमा बिलम्ब भएको उहाँको बुझाई छ ।

बाढीकै कारण मेलम्ची खानेपानी आयोजना समेत प्रभावित छ । खोला नियन्त्रणका लागि अल्पकालिन रुपमा ३० करोड र सडकको लागि २५ करोड बजेट विनियोजन हुनुका साथै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको वैकल्पिक बाटोको लागि पनि थप ७५ करोड बजेट प्रस्ताव पेश गरिएको आयोजनाले दाबी गरेको छ । राजधानीलाई खानेपानी उपलब्ध गराउने गाउँपालिका भएर पनि हेलम्बु गाउँपालिकाले सरकारसँग अलि धरै अपेक्षा गरेको छ ।

५ लाखले प्रभावितको घर बनाउन सम्भव नभएको भन्दै राहत रकम थप गर्न हेलम्बु गाउँपालिकाले पनि माग गरेको छ । मेलम्ची बाढीबाट हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ८ घरधुरी प्रभावित भएका छन् । ति मध्य एक सय २५ घरधुरीको मात्रै हालसम्म अस्थायी आवास निर्माण भएको छ । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७८ शनिवार - ०९:२१:२४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology