Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपाली कांग्रेस चितवनको अधिवेशनमा २८२० मत खस्यो, आजै राति १० बजेदेखि मतगणना सुरु गरिने

नेपाली कांग्रेस चितवनको अधिवेशनमा २८२० मत खस्यो, आजै राति १० बजेदेखि मतगणना सुरु गरिने

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७८
नेपाली कांग्रेस चितवनको अधिवेशनमा २८२० मत खस्यो, आजै राति १० बजेदेखि मतगणना सुरु गरिने
images

चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज भएको मतदानमा २ हजार ८ सय २० मत खसेको छ । 

नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि अपरान्ह ६ः३० बजेसम्म मतदान चलेको थियो । कुल २ हजार ९४५ मतदाता रहेकोमा उक्त मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले नारायणी अनलाइनलाई जानकारी दिए ।

मतपेटिकालाई कलामन्दिर भित्रको हलमा राखिएको छ । सभापतिका उम्मेद्वारहरुले मतपेटिकाका जाँच गरेर निस्किएका छन् । दुवाडीका अनुसार राति १० बजेदेखि सभापति पदको मतगणना हुनेछ । कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणमा मतदान हुनेछ ।

सभापतिका लागि पाँच जना चुनावी मैदानमा छन् । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतर समूहबाट राजेश्वर खनाल, उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । खनाललाई शेखर कोइरालाको राम्रो साथ छ भने जोशीलाई डा.शशांका कोइराला र घिमिरेले रामचन्द्र पौडेलको साथ छ । कोइरालालाई भने कुनै समूहले पनि आफ्नो मानेको छैन । जसले गर्दा उनलाई संस्थापनइतर समूहको बैठकमा बोलाईएको थिएन ।

 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - २०:५५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology