Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसानहरू चिन्तित 

उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसानहरू चिन्तित 

images

सिआईएन

१९, फाल्गुण २०७८
उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसानहरू चिन्तित 
images

उषा तामाङ, काठमाडौँ, १९ फागुन । उत्पादन गरेको अदुवाले बजार नपाएपछि किसानहरू चिन्तित बनेका छन् । देशभरि नै अदुवा खेती हुने गरेको भएपनि तुलनात्मक रुपमा प्रदेश नम्बर १ का धेरै किसानले व्यवासायीक रुपमा अदुवा खेती गर्दै आएका छन् ।

यतिबेला अदुवा खनेर बजारमा पु¥याउने समय भएपनि प्रति केजी २० रुपैयाँ र प्रति मन ५ सय रुपैयाँ मात्रै पाएपछि किसानहरूले अदुवा खनेका छैनन् । ३० वर्षदेखि निरन्तर व्यावसायीक रुपमा अदुवा खेति गर्दै आउनुभएका इलामका सरद तिम्सीनाल अदुवाको भाउमा आएको गिरावटका कारण आफु सहित गाउँका अन्य किसानले अदुवा नखनेको बताउनुभयो ।

प्रदेश १ मा मात्रै बार्षिक रुपमा करिव १ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको छ । यसअघि उत्पादन भएको अदुवा भारत पठाइने गरेको भएपनि यसपटक भारत पनि निर्यात भएको छैन भने आन्तरिक बजार पनि कमजोर भएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाका किसान प्रतापमान राईले अदुवा रोप्न, गोडमेल र खन्न लाग्ने खर्च पनि नउठ्ने गरि भाउमा गिरावट आएको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा अदुवाको उत्पादन वर्षेनी बढ्दैछ । हाल नेपालमा वार्षिक ३ लाख मेट्रिक टन अदुवा उत्पादन हुँदै आएको छ । उत्पादित अदुवा मुख्यगरि भारतमा निर्यात हुने गरेको थियो ।  तर पछिल्ला बर्षमा भारतमा नै अदुवा उत्पादन बढेपछि नेपालबाट हुने निर्यात घटेको छ । सरकारले तेस्रो मूलुकमा निर्यात गर्ने गरि वातावरण नबनाएको नेपाल अदुवा उत्पादक तथा व्यवसायी सङ्घका उपाध्यक्ष तोम राजवंशीले बताउनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक बर्ष २०७६/७७ मा ४३ करोड ५७ लाख रुपैयाँको अदुवा निर्यात भएको थियो भने गत आर्थिक वर्ष ४४ करोड ८३ लाख रुपैयाँको अदुवा निर्यात भएको छ । अहिले भने अदुवाको मूल्य घटेको मात्रै छैन, भारतबाट माग नै कम आएको छ । जसका कारण किसान निरास बनेका छन् ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका वागवाणी विकास अधिकृत गगन सिंह केसीले अदुवा प्रशोधन केन्द्रहरू निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । भारतको मात्रै भर नपरि अदुवा निर्यातको लागि अन्य मूलुकहरूसँग पनि सम्बन्ध बढाउन सरकारलाइ किसानहरूले आग्रह गरेका छन् । 

 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०९:३२:४४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology