Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

१५ दिने प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु 

१५ दिने प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु 

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
१५ दिने प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा आजदेखि शुरु 
images

बिनोद कुमार महतो, धनुषा, १९ फागुन । प्रसिद्ध मिथिला माध्यमिकी परिक्रमा यात्रा आजदेखि शुरू भएको छ । फाल्गुन आँैसीदेखि पूर्णिमासम्म चल्ने मिथिला माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक तथा ऐतिहासिक ठाउँहरूको करिव १ सय २० किलोमिटर पैदल यात्रा गरिन्छ ।

मिथिला माध्यमिकी परिक्रमाको पहिलो दिन आज धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरमा झाँकी कीर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसागर मठ हुँदै जानकी मन्दिर पु¥याएको छ । जानकीको डोलासँगै जनकपुरका विभिन्न मठमन्दिरबाट ल्याइएका डोलाहरू समावेश गरेर जनकपुरको हनुमानगरबाट परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बृहत, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ ।

डोलामा पछिपछि परम्परागत बाजागाजा, झाँकीकीर्तनसहितका मौलिक पहिरनमा लाखौंको सहभागिता रहने गर्छ । परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर महादेव, फुलहरमा रहेको गिरिजा स्थान, करुणा, विसौल, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको क्षीरेश्वरनाथ हुँदै पर्वता, धनुषाधाम, सतोखर, औरही र यात्राको अन्तिम दिन अर्थात् १५ औँ दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुन्छ । 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - ०९:२५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology