समाजमा उच्छृङ्खलता बढेर घुम्तिऐना तोडफोड गर्ने प्रवृत्ति बढेको हो । ध्वंसात्मक प्रवृत्ति बढिरहेकाले ऐनाको सुरक्षा पनि अर्को चुनौतीका रूपमा देखिएको उनले बताए । सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै नागरिक जुट्नुपर्ने उनको भनाइ छ । दरौदी दैनिकबाट
गोरखा, १९ फागुन । आँबुखैरेनी–गोरखा सडकका विभिन्न स्थानमा सवारी दुर्घटन न्यूनिकरण गर्नका लागि पाँचबर्षअघि घुम्तिऐना (कन्भेक्स मिरर) राखिएका थिए । तर सवारी दुर्घटना रोक्न राखिएका घुम्तिऐना आपैm असुरक्षित बनेको छ ।
जिल्लाको आँबुखैरेनीदेखि गोरखा बजारसम्मका विभिन्न स्थानमा राखिएका घुम्तिऐना फुटेका छन् भने कतिपय खम्बासहित ढलेर नष्ट भएका छन् । लाखौँ खर्च गरेर स्थापना गरिएका घुम्तिऐना उचित रेखदेख नहुँदा केही स्थानमा हराइसकेका छन् । गोरखा सदरमुकामको खोलखोले, बाह्रकिलो, सेन्टजोसेफ र तीन किलो लगायतका स्थानमा राखिएको ऐना फुटेको ट्राफिक कार्यालय प्रमुख प्रेमप्रसाद पोखरेलले बताए ।
‘घुम्तिमा विपरीत दिशाबाट आएको गाडी देखियोस् र चालकले पूर्व सतर्कता अपनाउन् भनेर पाँचवर्षअघि जोखिम घुम्तिहरुमा घुम्तीऐना राखिएको थियो’, पोखरेलले भने, ‘तर दुखका साथ भन्नुपर्छ, अहिले अधिकांश ऐना फुटेका छन् । नयाँ ऐना पुनस्थापना गर्न हामीसँग स्रोत छैन । स्थानीय तह र सडक विभागसँग पहल गरिरहेको छौ ।’
जिल्ला ट्राफिक कार्यालय गोरखाका अनुसार सडक विभाग र गोरखा नगरपालिकाको सहयोगमा पाँचबर्ष यता विभिन्न समयमा १२ भन्दा बढी घुम्ती ऐनाहरु राखिएका थियो ।
विपरीत दिशाबाट सवारी आए नआएको जानकारी लिएर सवारी चलाउन सहज बनाउन घुम्तीमा राखिएका ऐना फुटाइदिदा र नयाँ ऐना राख्न नसक्दा सवारी दुर्घटनाको जोखिम बढेको उनले बताए ।
समाजमा उच्छृङ्खलता बढेर घुम्तिऐना तोडफोड गर्ने प्रवृत्ति बढेको हो । ध्वंसात्मक प्रवृत्ति बढिरहेकाले ऐनाको सुरक्षा पनि अर्को चुनौतीका रूपमा देखिएको उनले बताए । सार्वजनिक सम्पत्ति संरक्षणका लागि सबै नागरिक जुट्नुपर्ने उनको भनाइ छ । दरौदी दैनिकबाट