Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत

कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०७८
कडा रोग लागेका स्वास्थ्य स्वयंसेविकालाई राहत
images

खोटाङ, १८ फागुन । खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ । स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो । 

प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा बसेको बैठकले कोषबाट जम्मा भएको व्याजलाई कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो । कडा रोग लागेको सम्वन्धी कागजात पेश गरेपछि तोकिएको भुक्तानी उपलव्ध गराइने प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोष सञ्चालन व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए । 

यस्तै, ६० वर्ष उमेर भएपछि स्वेच्छिक अवकाश लिन चाहने महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइका लागि जनही २० हजार प्रोत्साहन रकम प्रदान गर्ने निर्णय गरिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - ०७:३३:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology