Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एमसीसी पारित भएपछि माओवादीमा दुई लाइन संघर्ष चर्कियो

एमसीसी पारित भएपछि माओवादीमा दुई लाइन संघर्ष चर्कियो

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
एमसीसी पारित भएपछि माओवादीमा दुई लाइन संघर्ष चर्कियो
images

काठमाडौं, १७ फागुन । गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद देखिएको छ । 

व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ ।

पूर्वएकता केन्द्र समूहका नेताहरु एकतातिर उभिएको र पार्टीबाट विद्रोह गर्न सक्ने आकलनकाबीच अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित श्रेष्ठको निवासमा पुगेर छलफल गरेका थिए । 

भेटमा प्रचण्डले आफूले फरक परिवेशमा भनेका कुरालाई लिएर अन्या नठान्न र पार्टीमै बसेर छलफल गर्न श्रेष्ठसँग आग्रह गरेका थिए । 

श्रेष्ठले भने सोमबारको प्रचण्डको अभिव्यक्तिले झस्काएको बताएका स्रोतको भनाइ छ । 

सोमबार प्रचण्डले श्रेष्ठप्रति टिप्पणी गर्दै भनेका थिए, ‘एमसीसीको विरोध गरे भएभरका सबै कार्यकर्ता मतिर केन्द्रित हुन्छन् भन्ने ठान्नु भएको होला । जनता सबै मतिर ह्वार्रै आउँछन् भन्ने ठान्नु भएको होला । एमसीसीको विरोध गर्न बित्तिकै सबै जनता आउँने भए प्रेम सुवालले लगातार मुर्दावादका मुर्दावाद गरि रहनुभएको छ। नेपालभरका सबै उहाँतिर जानु पर्ने हो, तर त्यस्तो हुँदैन ।’

महाकाली सन्धिमा एमालेले राष्ट्रघात गरेको भन्दै वामदेव गौतमले पार्टीबाट आधा केन्द्रीय सदस्य लगे पनि चुनावी नतिजा शून्य भएको प्रचण्डले स्मरण गराएका थिए ।

‘तत्कालीन एमालेले महाकालीमा राष्ट्रघात गर्योल भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा लिएर जानुभयो । भोट आउने बेला जिरो भयो । त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउँन जरुरी छैन । त्यसमा सबै स्पष्ट हुनु पर्छ ’ उनले भनेका थिए । 

प्रचण्डको यस्तो अभिव्यक्तिलाई पूर्वएकता केन्द्रका नेताहरुले पार्टीबाट छाडेर गए हुन्छ भन्ने अर्थमा लिएका छन् । नेता नारायणकाजी श्रेष्ठले पूर्व एकता केन्द्रका नेताहरुसँग परामर्श गरेको स्रोतको दाबी छ । 

'अस्ति प्रचण्डले नारायणकाजी कमरेडलाई घुमाउरो भाषामा पार्टी छोडे हुन्छ भन्ने खालको भाषण गरेपछि उहाँ आफू निकटका नेता, कार्यकर्तासँग छलफलमा हुनुहुन्छ' श्रेष्ठ निकट एक नेताले भने । 

तर असन्तुष्ट पक्षका एक नेताले भने आफूहरुले आगामी केन्द्रीय कमिटीमा यसबारे गम्भीररुपमा कुरा राख्ने बताउँदै दुई लाइन संघर्षलाई समान्य रुपमा लिनु पर्ने बताए ।

यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:४४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology