Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

धरानमा दुई शव फेला : गेष्ट हाउसमा शव भेटिएकी महिलाकाे मात्र पहिचान, पुरुषको सनाखत बाँकी

धरानमा दुई शव फेला : गेष्ट हाउसमा शव भेटिएकी महिलाकाे मात्र पहिचान, पुरुषको सनाखत बाँकी

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
धरानमा दुई शव फेला : गेष्ट हाउसमा शव भेटिएकी महिलाकाे मात्र पहिचान, पुरुषको सनाखत बाँकी
images

प्रकाश तिम्सिना, सुनसरी, १७ फागुन । सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने,  ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’ 

 मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ।

त्यस्तै धरानमै अर्का एक  पुरुषको पनि शव फेला परेको छ । कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा करिब ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन् । 

 उक्त शवको सनाखत भएको छैन । इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान- ४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो ।  मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शरीरमा चोटपटक केही पनि देखिएको छैन । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ । 

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:३८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology