Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू

लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू
images

लमजुङ, १७ फागुन । मध्यनेपाल नगरपालिकाका महिलाहरूले परम्परागत दुनाटपरीको व्यवसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशिनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरू भएको हो । मध्यनेपाल–९ बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाले आधुनिक मेशिनबाट दुनाटपरी बनाउन थालेका हुन् ।

नगरपालिकाले दुनाटपरी बनाउने मेशिन समेत खरिद गरिदिएपछि समूहमा आबद्ध महिलाले शनिवारदेखि औचारिक रुपमा व्यवसायिक दुनाटपरी उत्पादन थालेका हुन् । ग्रामिण भेगमा रहेका महिलालाई व्यवसायिक र आत्मनिर्भर बनाउने उदेश्यसहित नगरपालिकाले तालिम र मेशिन खरिद गरी सहयोग गरेको हो ।

प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले पातको दुनाटपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सिपलाई उपयोग गरी स्थानीय महिलालाई व्यवसायिक बनाउन दुनाटपरी बनाउने तालिम दिएको नगरपालिका प्रमुम रमेशकुमार पाण्डेले बताए ।

मध्यनेपाल नगरपालिकाले यसअघि पनि वडा नम्बर ४ दुईपिप्ले अन्तर्गतका महिलालाई तालिम दिएको थियो । त्यहाँका महिलाले पनि यसअघिनै व्यवसायिक रुपमा दुनाटपरी उत्पादन गर्दै आएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:३६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology