Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठ चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई वनका कर्मचारीले त्यसै छाडे

काठ चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई वनका कर्मचारीले त्यसै छाडे

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७८
काठ चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई वनका कर्मचारीले त्यसै छाडे
images

उदयपुर, १७  फागुन । चाेरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर वन कार्यालमा बुझाए पनि वनका कर्मचारीले त्यसै छाडिदिएका छन् ।  प्रहरीले अवैध काठसहित पक्राउ गरी वन कार्यालयलाई बुझाएकाे थियाे तर वन कार्यालयले अनुसन्धान नै नगरिकन छाडिदिएकाे छ ।

 प्रहरीले उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरी सब डिभिजन वन कार्यालय तपेश्वरीमा बुझाएकाे थियाे । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले साेमबार सप्तकोसी सामुदायिक वन समूहभित्र अवैध रुपमा रुख काटिएको बेला उनलाई पक्राउ गरेका थियो । प्रहरीका अनुसार बयलगाडीमा लोड गरेर लान तयार पारेको अवस्थामा सालको पाँच टुना काठ बरामद भएकाे थियो । काठसहित पक्राउ पर्नेमा बेलका नगरपालिका– २ शान्तिनगरका २८ वर्षीय दिपक रिखाम मगर, ३० वर्षीय विश्वनाथ चन्द्रवंशी, ६५ वर्षीय मानबहादुर मगर र ४५ वर्षीय महेन्द्रबहादुर राई थिए । 

उनीहरूलाई प्रहरीले बुझाएलगत्तै वन कार्यालयले छाडेकोे स्थानीयकाे भनाइ छ । उनीहरुका अनुसार सब डिभिजन वन कार्यालय तपेश्वरीका कर्मचारीहरू रकमकाे प्रलोभनमा परेर उनीहरूलाई सामुदायिक वनको जिम्मामा लगाएको हो । तर, सब डिभिजन वन कार्यालय तपेश्वरीका सहायक वन अधिकृत विनोदकुमार साहले सामुदायिक वनको विद्यानअनुसार बरामद काठ र मानिसहरू समुहलाईनै जिम्मा लगाएको बताए ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझि लिएकाहरूलाई समूहको निर्णयअनुसार जरिवाना गरेर छोडेको बताए । 

Prahari-Rampur-650x1024.jpg.jpg

 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - २१:२३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology